गठबन्धनमा रेहेका दलहरुबिच पटकपटक बसेको बैठकले कुनै ठोस निर्णय लिन नसकेको बेलामा नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष सन्तोष दंगालले आगामी निर्वाचनमा निजगढ कांग्रेसलाई एक्लै निर्वाचनमा आउन चुनैती दिएका छन ।

गठबन्धनमा रेहेका दलहरुबिच तालमेलको अन्तीम चरणमा पुगेको बेलामा दंगालले सामाजिक सञ्जालमा नेपाली काग्रेस पार्टीबाट निजगढमा मेयरका प्रत्याशी मध्य एक खड्गराज मैनालीको स्टाटसमा टिप्पणी गर्दै दंगालले चुनैती शैलीमा काङ्ग्रेसमा एकल दम भए एक्लै लड्ने हिम्मत गरोस् निजगढमा लेखेका छन ।

यता नेपाली कांग्रेस निजगढ नगर कार्यसमितिका सभापति नवराज तिमल्सिनाले माओवादी केन्द्रका अध्यक्ष दंगालले सामाजिक सञ्जालमा गरेको टिप्पणी बारेमा भने हाल कुनै धारण नबनाएको बताए । हाम्रो पार्टीका साथीहरुले पनि गरेको टिप्पणी र प्रतिकृया मैले हेरेको छु र यो कुराले गठबन्धनमा बाधा पुर्याउछ भन्ने मलाई लाग्दैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय