स्थानिय निर्वाचन घोषणा भए संगै अहिले निजगढमा मेयर तथा उपमेयरको हुने भन्ने चर्चामा छ । फरक फरक पार्टीलाई राजनीतिक धार बनाएर राजनीति गर्दै आएका स्थानिया तथा केन्द्रिय नेता यति बेला धमाधाम टोल टोलमा घुमिरहेका छन् । स्थानिय चुनावमा आफ्नो विजयीको अनुकुल बनाएर टिकट पाउँने दाउपेजमा राजनीतिक स्रष्टाहरुमा पार्टी परिर्वतन पनि उत्तिकै देखिएको छ ।
तर लामो समय देखि नेकपा एमालोबाट सुदर्शन प्रसाद कोइराला मेयरमा उम्मेदवार हुने चर्चा ब्यापक हुन थालेको थियो । उनका सम्बन्धमा बौद्धिक, स्थानिए र धेरै जसो नेकपा एमालेका नेता कार्यकर्ताले निजगढको मेयर बन्ने चर्चा चलाइरहेका थिए ।
पार्टी कार्यकर्ता र स्थानिएमा पनि शालीन र क्षमतावान् व्यक्तिको पहिचान बनाएका कोइरालाले यो पटक आफुले मेयरमा उम्मेदवारी नदिने बताएका छन । बुधबार एमाले निजगढले मेयरको प्रत्याशी छनोट गर्ने क्रममा कोइरालाले लामो समयदेखिको एमाले वर्चश्व र प्रभाव क्षेत्र मानिएको निजगढमा पुनः एमालेकै वर्चश्व कार्यम गर्न सर्वसम्मत उम्मेदवार बनाई एमालेलाई जिताउन आफु जित्ने योजना बनाएर उम्मेदवारलाई सहयोग गर्ने बताउदै कोइरालाले मेयरमो प्रत्यशीबाट अफु बाहिर रहेको बताएका छन ।
यसैबिच, निजगढ एमालेबाट मेयरमा एकबहादुर श्रेष्ठ, अम्बिका चौलागाई, सुरथ पुरी, लिलादेबी लामिछाने खनाल, यम बहादुर खड्का (नारायण) र दिल बहादुर लामाले दाबि गरेका छन ।