नेपाली कांग्रेस निजगढ नगर कार्यसमितिले बहुमतको दम्म देखाउदै एकलौटी ढंगले गठबन्धनको नाममा वडाहरु भागबन्डा गरेको आरोप लागेको छ । कार्यसमितिले नगरबाट निर्वाचित महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रिय कार्यसमितिका पदाधिकारी, जिल्ला सदस्य लगाएत पार्टीका अग्रज र जिम्मेवार नेताहरुसँग सल्लाह नगरी नगरभित्रका वडाहरु भागबन्डा गरेको भन्दै बिरोध भएको हो ।

एकलौटी रुपमा निर्णय भएको भन्दै नगरका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रिय कार्यसमितिका पदाधिकारी, जिल्ला सदस्यले सयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै निर्णय सच्याउन आग्रह समेत गरेको छ ।

नगर कार्यसमितिले बहुमतको दम्म देखाउदै एकलौटी रुपमा गरेको निर्णयको भर्सना गर्दै कार्यसमितिले एकलौटीरुपमा अगाडी बढेमा आगामी निर्वाचनमा नेपाली कांग्रेसले बेहोर्ने क्षतिको सम्पुर्ण जिम्मा समेत कार्यसमितिको हुने भनिएको छ ।

गठबन्धनको नाममा वडाहरु एकपक्षीय रुपमा भागबन्डामा दिएर लोकतन्त्र र कांग्रेसप्रति आस्थावान सम्पूर्ण स्वाभिमानी कांग्रेस नेता, कार्यकताहरुको स्वाभिमान गिराउने कार्य गरेको हुदाँ नेपाली कांग्रेस महासमिति सदस्य क्षेत्र नं. १ ले आज प्रेस विज्ञप्ती जारी गरेको बताईएको छ ।

यता नेपाली कांग्रेस निजगढ नगर कार्यसमितिका सभापति नवराज तिमल्सिनाले ५ दलीय गठबन्धनको मोडालिटी बारे छलफल भएको तर अहिलेनै वडाहरुको भागबन्डा भने नभएको निजगढन्यूजलाई बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय