आगामी ३० गते हुने स्थानिय तह निर्वाचनका लागि उमेदवारको मनोनय दर्ता गर्ने दिन नजिकिएसँगै राजनितिक दलहरुलाई स्थानीय तहमा उमेदवार टुङ्गो लगाउन हम्मे परेको छ । आकंक्षीको संख्या धेरै हुँदा मुख्य राजनैतिक दलहरुलाई उम्मेदवार टुङ्ग्याउन समस्या देखिएको हो ।

यसैबीच बाराको निजगढ नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समेत नगरको मेयर उम्मेदवार टुङ्ग्याउन समस्या देखिएको छ । स्रोतका अनुसार निजगढ राप्रपाले नगरको मेयरमा बिनोद भारती, बासुदेव तिमल्सिना, भक्त दर्लामी, खडक प्रसाद उप्रेती र राजेन्द्र सपकोटाको नाम चर्चामा छ ।

राप्रपाले भने अहिले वडाबाट सिफारिस लिने कार्य गरेको भन्दै अहिले मेयरको आकंक्षीबारे छलफल नभएको निजगढ राप्रपा अध्यक्ष खडक प्रसाद उप्रेतीले बताए । उनले भने,”निजगढ राप्रपाले यो पटक वडा देखी मेयर सम्मै आफ्नु उम्मेदवार उठाउने तयारी गरिरहेका छौ । हामी सबैको टुङो यही १० गते सम्ममा गर्ने भएको हुँदा आन्तरिक तयारीमा रहेकोले अहिलेनै को हुन्छ भन्न नसकिने बताए ।”

राप्रपामा राजेन्द्र लिङ्देन अध्यक्ष भएसगै यस पार्टी प्रती नागरिकले चासोका साथ हेरेको हुँदा राप्रपामा देशैभरी आकंक्षीको संख्या धेरै भएको हुनसक्ने आकलन गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय