नेकपा माओवादी केन्द्रले निजगढ नगरपालिका वडा नं. ३ मा खड्ग बहादुर लामा, ७ मा मोहन डिसी र ९ मा शेख अन्जर हुसैनलाई वडाध्यक्ष पदको उम्मेदवार बनाउने भएको छ ।

उम्मेदवार सिफारिसका लागि बसेको वडा कमिटीको वैठकले लामा, डिसी र हुसैनलाई सर्वसम्मत् उम्मेदवार बनाउने निर्णय गरेको हो ।

गठबन्धनमा रेहेका दलहरुबिच एक पटक बैठक बसेको थियो तर त्यस बैठकले कुनै ठोस निर्णय लिन सकेन त्यसैले हामीले हाम्रो उम्मेदवारको टुङो लगाउने कार्यमा लागेको नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष सन्तोष दंगालले बताए ।

दंगालले भने, “गठबन्धनमा रेहेका दलहरुबिच तालमेल बारेमा खासै चसो दिएका छैनन र बिगत झै अन्तिम समयमा आएर निर्णय गर्दा त्यसको घाटा माओवादी केन्द्रलाई पर्ने भएको हुँदा यस पटक हामी समयमै टुङो लगाउने तयारीमा छौ । यसको मतलव हामी गठबन्धन नगरने भन्ने पक्ष भने होइन, उचित मुल्याकन भएको खण्डमा गठबन्धन गर्न तयार छौ र त्यही हिसाबले हामीले उम्मेदवारको घोषणा गरेका हौ ।”

गठबन्धनमा रेहेका दलहरुबिच तालमेल नभएपछी निजगढमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आ-आफ्नु तयारी अगाडि बढाएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर