आसन्न स्थानीय तहको निर्वाचनमा निजगढकी गीता मैनालीले स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीका तर्फबाट निजगढ नगरपालिकाको मेयर पदको उम्मेदवार बन्ने भएकी छन् ।
निजगढ नगरपालिका वडा नम्बर ९ घर भएकी मैनालीले मेयरमा आफुले उम्मेदवारी दिने निजगढन्युजलाई बताइन । उनलाई पार्टीले निजगढमा मेयरको उम्मेदवार चयन गर्ने निर्णय गरेको छ ।
उन्नत लोकतन्त्र पार्टी निजगढको आयोजनामा भोली आईतबार बिहान ११ बजे निजगढ स्थित शहित चोकमा हुने घोषणा सभालाई सम्बोधन गर्न केन्द्रिय अध्यक्ष नेपालसँगै चर्चित नायक निखिल उप्रेती समेत आउने भएका हुन ।
उन्नत लोकतन्त्र पार्टीको चुनाव चिन्ह खुला किताब रहेको छ । उक्त पार्टीका सबै उम्मेदवारले आफ्नो सम्पत्ति विवरण पहिले नै सार्वजनिक गरेर मात्रै उम्मेदवारी दर्ता गर्न पाउने निर्णय गरेको छ ।
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।