नेकपा एमालेले निजगढ नगरपालिका वडा नं. १२ मा युवक मोक्तानलाई वडाध्यक्ष पदको उम्मेदवार बनाउने भएको छ ।

उम्मेदवार सिफारिसका लागि बसेको वडा कमिटीको वैठकले मोक्तानलाई सर्वसम्मत् उम्मेदवार बनाउने निर्णय गरेको हो । मोक्तान एमालेको वडा कमिटी अध्यक्ष समेत हुन् ।

वडा कमिटी वैठकले अन्य चार खुल्ला सदस्य पदको उम्मेदवार समेत सर्वसम्म्त सिफारिस गर्ने निर्णय गरेको छ । सर्वसम्मत् हुने सदस्यहरुमा खुल्लातर्फ रुद्र बहादुर स्याङतान, जित डिङडोङ र महिला सदस्य सर्मिल लामा रहेका छन भने दलित महिला सदस्यमा हाल कुनै निर्णय भएको छैन ।

निजगढ नगरपालिकाको १३ वटा वडामध्ये १ र १२ वडाबाट मात्रै सर्वसम्मत् नाम आएको र अन्य वडामा छलफल भईरहेको नगर कमिटी अध्यक्ष सुरथ पुरीले जानकारी दिए ।

निजगढ १२ मा एमाले उम्मेदवार:
अध्यक्ष: युवक मोक्तान
सदस्य खुल्ला: रुद्र बहादुर स्याङतान
सदस्य खुल्ला: जित डिङडोङ
महिला सदस्य : सर्मिल लामा

प्रतिक्रिया

सम्बन्धित खवर