बाराको निजगढ नगरपालिका वडा नं २ का क्यान्सर पिडित राधाकृष्ण सापकोटाको उपचारार्थ सहयोग रकम आउने क्रम जारी छ । कमजोर आर्थिक अवस्थाका गालाको क्यान्सर पिडित सापकोटाको उपचारमा समस्या भएपछि उपचारको लागि सबैसंग गरिएको अपिल नमस्ते सिँगौल नामक फेसबुक पेजमा प्रकाशन भएपछी उपचारार्थ सहयोग रकम जुट्न थालेको हो ।

२८ वर्षिय सापकोटा गालाको क्यान्सरका कारण भक्तपुर स्थित काठमाडौ क्यान्सर सेन्टरमा उपचाररत छन।उनको उपचारमा निजगढ नगरपालिका, प्रेस चौतारी नेपाल बारा, मेचीमहाकाली संयुक्त बुहारी आवाज बारा, कोल्हवी न्युज डटकम, छिमेक लघुवित्त विकास बैंक निजगढ १ स्थित नमुना वस्ती ईकाई लगायतका संघसंस्था तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, व्यवसायी, खेलाडी, कलाकार तथा सर्वसाधारण समेतले आर्थिक सहयोग गरेका छन्।

सहयोग गर्ने क्रममा बैशाख २ गते परेको आफ्नो जन्मदिनको अवसरमा मेचीमहाकाली संयुक्त बुहारी आवाज बाराकी उपाध्यक्ष शान्ती मोक्तानले व्यक्तिगत १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ भने उहाको संस्था बुहारी आवाज बाराले यस अघि नै १० हजार रुपैयाँ नै सहयोग गर्ने घोषणा गरिसकेको छ ।

नमस्ते सिँगौलले चलाएको अभियान मार्फत हाल सम्म ४ लाख ३३ हजार रुपैयाँ संकलन भएको छ भने पिडितका आफन्तले पनि निजगढ नगरपालिका क्षेत्रमा आर्थिक संकलन अभियान चलाईरहेका छन् । अस्पताल प्रशासनले सापकोटाको उपचार गर्न १२ लाखको हाराहारीमा खर्च हुने बताएको छ । उनको जीवन रक्षार्थ उपचारमा लाग्ने रकम जुटाईदिन पिडितका परिवारजनले सबै संग अनुरोध गरेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय