पेट्रोलियम पदार्थको अभाव हुने डरले काठमाडौं लगाएत देश भरिका पेट्रोल पम्पहरुमा शनिबार पनि पेट्रोल भर्नेहरुको लाइन लामो भयो । पेट्रोलियम पदार्थ ढुवानीकर्ताको आन्दोलनका कारण आपूर्ति नभएर पेट्रोलियम पदार्थ अभाव हुन सक्ने भन्दै सर्वसाधारण पेट्रोल पम्पमा लाइन लागेका हुन् ।

एक्कासी धेरै मानिसहरु तेल भर्न लाइन लाग्दा पेट्रोल पम्पहरुले पनि माग अनुसार तेल दिन सकेका छैनन् । आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालभित्रका निगमको डिपोबाट पम्पहरुले किन्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको छ । यसका कारण शुक्रबार पम्पहरुले निगमको डिपोबाट तेल ल्याउन पाएनन् ।

शुक्रबार भारतीय आयल कर्पोरेसनले पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा लिटरमा २७ रुपैयाँ घाटा कायम रहेको भन्दै निगमले विज्ञप्ति निकालेका कारण पनि आज–भोलि नै मूल्य बढ्ने आशंकाले तेल हाल्न लाइनमा बस्नेहरु छन् ।

निजगढमा रहेको एक मात्र पेट्रोल पम्पमा तेल भर्नेहरुको लाइन समेत लामो देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय