नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीले आगलागी पीडित परिवारमा आर्थिक सहयोग गरेको छ । निजगढ नगरपालिका वडा नम्बर १३ भक्तलाल चुहारकी पीडित पुतलीमाया गोङ्गवाको परिवारलाई युवा संघले १० हजार १ सय ५ रुपैया सहयोग गरेको हो ।
नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य एकबहादुर श्रेष्ठलगायतले सहयोग बापतको रकम पुतलीमायालाई प्रदान गरेका थिए । नजिकैको जंगलमा लागेको डढेलोको आगो सल्केर पुतलीको घर र गोठ जलेर गत चैत्र १२ गते नष्ट भएको थियो ।
आगलागीबाट घरमा रहेको खाद्यान्न, लत्ताकपडा र नगद रुपैयासमेत नष्ट भएको नेकपा एमाले निजगढ नगर कमिटी सचिव तिलक घलानले जानकारी दिए ।
कार्यक्रममा एमाले युवा संघ नगर कमिटी अध्यक्ष माधव न्यौपाने, निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जयराम कुँवर, युवा संघका केन्द्रीय सदस्य इराज कोइराला, एमाले नगर कमिटी सदस्य सुदीप तिमल्सिना, नेकपा एमाले वडा नम्बर १३ वडा कमिटीका अध्यक्ष कमान थिङ्गलगायतको सहभागिता रहेको थियो ।