पूर्वपश्चिम राजमार्ग अन्तर्गत बारा जिल्लामा पर्ने बकैया, पसाहा र बालगंगा पुल मर्मत हुने भएको छ । सडक डिभिजन कार्यालय हेटौडा र न्यु टेक्निकल वाटर प्रुफिङ एण्ड इन्फ्रा रिह्यब्लिटेशन प्रा. लि बिच पुल मर्मतको सम्झोता भएको हो ।

केही दिनभित्रै पुल मर्मतको कार्य अगि बडाईने र हाल बकैया, पसाहा र बालगंगा पुल मर्मत हुदाँ सम्मलाई खोला हुदैँ डाईभसन गरिने र डाईभसनको कार्य अगि बडाएको न्यु टेक्निकलका प्रतिनिधि जिवन तिवारीले निजगढ न्युजलाई जानकारी दिए ।

तिवारीले भने,”निजगढमा रहेको बकैया पुल सबैभन्दा लामो छ त्यसैले हामी अगाडी यो पुल मर्मत गर्छौ र यो सँगै पसाहा र बालगंगा पुलको मर्मत कार्य समेत एकै सात अधि बडाईने छ । हामीले टालटुल गने होईन पुलको माथी भागमा रहेको सबै कालोपत्र देखि भित्र रहेको रड समेत हटाएर मर्मत गर्नुपने हुन्छ त्यसैले सबै पुल निर्माण सम्पन्न हुँदा कम्तीमा ३ महिना समय लाग्छ ।”

तिवारीका अनुसार एक दुई दिन भित्रबाटनै मर्मत कार्य सुरु गरिने बताएको छ ।

 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बारामा भएका पुलहरु सागुरो र जीर्ण भएको कारण घण्टौउ जाम हुने गरेको छ । समयमै पुल मर्मत नगरिदा पुलमा भएका खल्टाका कारणले यात्रु तथा चालकले लामो समयदेखि सास्ती खेप्नुपर्ने बाध्यता रहेको र पुलकै कारण ट्राफिक जाम समेत हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय