तिलगंगा आँखा अस्पतालको शाखाले निजगढ नगरपालिकामा आजबाट उपचार सेवा सुरु गर्ने भएको छ । निजगढ नपा वडा नम्बर ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा तिलगंगा आँखा अस्पतालको शाखामार्फत सेवा सुरु हुन लागेको हो ।

निजगढ नगरपालिका र द फ्रण्ड हलोज फाउण्डेशनको सहयोगमा नेपाल आँखा कार्यक्रम तिलगंगा काठमाण्डौंको शाखाको रुपमा निजगढमा तिलगंगा आँखा अस्पतालले शाखा स्थापना गरेर सेवा सुरु गर्न लगोको नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखा सभापती नारायण उप्रेतीले जानकारी दिए ।

आज नै अस्पतालको भवन शिल्यान्यास हुन

आँखा अस्पतालको भवन समेत शिल्यान्यास हुने बताइएको छ ।

निजगढ नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रको जमिन उपलब्ध गराएपछि तिलगंगाले भवन शिल्यान्याससंगै आँखा उपचार सेवा पनि प्रारम्भ गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर