स्वाथ्यकर्मी बिच बिवाद हुदाँ सेवाग्राहीलाई बाराको निजगढ नगरपालिका वडा नम्बर ११ स्थित स्वास्थ्य चौकीबाट सेवा नपाएर सर्वसाधारण मार्कामा परेका छन । रतनपुर स्वास्थ्य चौंकीका स्वास्थ्यकर्मी लामो समयदेखि विवाद चल्दै आएको र सेवा पनि प्रभावित बनेको हो ।
झण्डै एक वर्षअघिदेखि उनीहरुबीच चल्दै आएको आपसी द्धन्द अहिले भने निजगढ नगर कार्यपालिकाको कार्यालय सम्मआई पुगेको छ । स्वाथ्यकर्मीबिच बिवाद न्युनिकरण गर्न नगरपालिकाले बैठक बोलायो बैठकमा सहभागि हुन स्वाथ्यकर्मीहरुले स्वास्थ्य चौकीनै ताला लाएर नगरपालिका आए जस्का कारण रतनपुर स्वास्थ्य चौंकीको सेवा प्रभावित भयो भने, विरामी सेवाग्रही अलपत्र परेका थिए ।
रतनपुर स्वास्थ्य चौंकी सञ्चालनमा आएको दुईवर्ष बढी भयो । रतनपुरका जनताले स्वास्थ्य चौंकी पाएपनि कर्मचारीहरु बिचको मनभेदले सेवा भने पाउन सकेका थिएनन । यसअघि किशोरी यादवले सो स्वास्थ्य चौंकीको इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएको र सो १ वर्षअघि स्वास्थ्य चौकी नया भवनमा सरेको दिनेश परियारले इन्चार्ज सम्हाल्दै आएका छन । परियारले जिम्मेवारी सम्हान्न थालेसंगै कर्मचारीबीच विवाद शूरु भएकोे निजगढ नगरपालिका वडा नं. ११ वडा अध्यक्ष एंव स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर रुम्वाले बताए । यादव अहिले पनि सोही स्वास्थ चौकीमा कार्यरत छन ।
यादब र परियारबीचको बढेको विवादलाई निजगढ नगरपालिका र नगर स्वास्थ्य शाखाले बेलैमा समाधान गर्न चासो नदेखाउदा अहिले स्वास्थ्य चौंकीको सम्पूर्ण सेवा बन्द गर्दै ताला बन्दी हुने अवस्थामा पुगेको हो । अनमी बानो लगायत अन्य चौकीका स्वास्थ्यकर्मी र कर्मचारीले बाहालवाला इन्चार्ज दिनेश परियारले स्वास्थ्य चौंकीलाई मनोमानी ढंगले चलाउदै आएको आरोप आरोप लगाएका छन ।
यस स्वास्थ्य चौकीका इन्चार्ज परियारले कर्मचारी, स्वास्थ्यकर्मीलाई असलब्यवहार प्रर्दशन नगरेकै कारण समस्या सिर्जना भई रहेको अर्को आरोपित पूर्व इन्चार्ज किशोरी राययादवले लगाए ।
यता आफुले स्वास्थ्य चौंकीको सेवालाई राम्रो गर्न लागि परे पनि एकथरि कर्मचारी, स्वास्थ्य कर्मीहरुले आफु माथि लगाईएका आरोप गलतर निराधार भएको जिकीर इन्चार्ज दिनेश परियारको छ ।
दुबै पूर्व इन्चार्ज यादव र बाहालवाला इन्चार्ज परियार बिचको जो सुकै आपसी विवाद रहेपनि कार्यालयमा कार्यरत सबै कर्मचारीहरुलाई समान मित्रवत ब्यवहार गर्नुपर्नेमा इन्चार्ज परियारले सो नगर्ने र एकथरि मातहतका कर्मचारीहरुको समस्या, पिडालाई ध्यानै नदिने गरेको त्यहा कार्यरत अनमी नाज्माबानो सहित ५ जनाले इन्चार्ज परियार विरुद्ध उजुरी सहितको निवेदन वडा कार्यालय र निजगढ नगरपालिकामा दिएका छन् ।
यता यी समस्यालाई समाधान हुने गरि निजगढ नगरपालिले ३ सदस्यीय छानविन समिति गठन गरिको निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले बताए ।
निजगढ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रमेश लामाको सयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरि सो समितिले ७ दिन भित्र प्रतिवेदन बुझाउने जिम्मेवारी तोकिएको छ ।