
नेकपा एमाले बारा जिल्ला कमिटीको १० औं अधिवेशनबाट अध्यक्षमा विनोद साह सर्वसम्मत चयन भएका छन् । बिहिबार राती अबेला सम्प्पन्न भएको बन्द शत्रबाट अध्यक्षमा साहसहित उपाध्यक्षमा टिना सुवेदी र सचिवमा अध्यानन्द पाण्डे चयन भएका हुन् ।
त्यसैगरी दुई सह–सचिवमा अमृत बजगाइ र भुलन चौधरी सर्वसम्मत चयन भएको नेकपा एमाले बाराका निवर्तमान अध्यक्ष अध्यक्ष देवनारायण चौधरीले जानकारी दिए ।
१६५ सदस्यीय जिल्ला कमिटी सहित पदाधिकारी र सदस्य सबै अधिवेशनबाट सर्वसम्मत निर्वाचित भएको बारा जिल्ला इन्चार्ज बलबिर चौधरीले बताए ।
१६५ सदस्यि जिल्ला कमिटिमा निजगढबाट लिलादेवी लामिछाने, दिलबहादुर लामा, गोकुल घोर्साइने, दुर्गा गौतम रामकृष्ण घिमिरे, गणेश लामा, मिना सुनुवार लगायत चयन हनुभएको छ ।
त्यसैगरि निजगढ नगरपालिकाबाट राम जि बजगाई, मिरा पोखरेल, केशब ढोडारी, सोफिया चौधरि, राजकुमार पोखरेल (कुमार) समेत जिल्ला कमिटी सदस्यमा चुनिनु भएको छ ।