नेकपा एमाले बारा जिल्ला कमिटीको १० औं जिल्ला अधिबेशनको मिति नजिकिएसंगै जिल्ला अध्यक्षका आकांक्षीहरु सक्रिय हुन थालेका छन । जिल्ला अध्यक्षमा वर्तमान अध्यक्ष देवनारायण चौधरी, उपाध्यक्ष विनोद साह, प्रदेश कमिटी सदस्यहरु रविन्द्रदास श्रेष्ठ, अध्यानन्द पाण्डे, मनोज पौडेल र एकबहादुर श्रेष्ठले चासो देखाएका छन ।
एमाले अधिबेशन व्यवस्थापन मुल कमिटीले आगामी पुष २८ र २९ गते कलैयामा अधिवेशन गर्ने निर्णय गरेको छ । अधिवेशनले जिल्ला कमिटीको अध्यक्षसहित पदाधिकारी र सदस्यहरुको पनि चयन गर्ने छ ।
अधिबेशनमा विभिन्न ईकाइ, क्षेत्र र आयोजक गरि ८ सय प्रतिनिधि सहभागी गराउने निर्णय गरेको मुल व्यवस्थापन कमिटीका सदस्य मनोज पौडेलले जानकारी दिए । पौडेलका अनुसार अधिबेशनमा जिल्ला कमिटीका सदस्यहरु स्वत प्रतिनिधि हुनेछन । त्यसैगरी पालिकाका प्रत्येक वडाबाट १/१ जना प्रतिनिधिहरु निर्वाचित भएर आउने छन ।
बैठकले उपमहानगरपालिकाबाट १० जना महिला र ५ जना दलित, नगरपालिकाबाट ७ जना महिला र ३ जना दलित, गाउपालिकाहरुबाट ५ जना महिला र २ जना दलित प्रतिनिधिहरु संघठित सदस्यबाट निर्वाचित हुनेछन ।
त्यसैगरी प्रत्येक जनसंघठनबाट २ जनाका दरले संघठित सदस्यहरु मध्येबाट निर्वाचित हुने छन । बैठकले उद्योग प्रतिष्ठानबाट १/१ जनाका दरले प्रतिनिधित्व गराउने र प्रतिनिधि चयन गर्दा संम्बन्धित पालिका तथा वडा अध्यक्ष र जिल्ला तथा प्रदेश कमिटीका सदस्यहरुको उपस्थितिमा चयन गर्ने निर्णय गरेको मुल व्यवस्थापन कमिटी सदस्य पौडेलले बताए ।
जिल्ला कमिटी अध्यक्ष देबनारायण चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर २ का सहईन्चार्जहरु पुरुषोम पौडेल, अच्युत मैनाली, बारा जिल्ला ईन्चार्ज बलवीर चौधरी, सहईन्चार्ज महमद समिर लगायतको उपस्थिति रहेको थियो ।