वीरगन्ज नाकामा दैनिक उपभोग्य सामान किनमेल गरेर भारतीय सीमावर्ती रक्सौल बजारबाट फर्किएका नेपालहरुमा पनि कोरोना भाइरस संक्रमण देखिन थालेको छ । हिजो गरिएको परीक्षणमा निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरका एकजना पुरुषसंगै बारा र पर्साका ८ जनामा संक्रमण पुष्टी भएको हो ।

यसअघि नाकाको हेल्थ डेस्कमा भारतबाट लामो यात्रा गरेर नेपाल प्रवेश गर्नेहरुको मात्र एन्टिजेन परीक्षण हुदै आएको थियो । त्यस क्रममा प्राय भारतीय नागरिकहरुमा मात्र कोरोना संक्रमण फेला पर्दै आएको थियो ।

हिजो नाकाको हेल्थ डेस्कमा ४ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण भेटिएको छ । ती मध्ये २ जना मात्र भारतीय नागरिक रहेका छन । बाँकी ६ संक्रमित पर्सा, बारा र मकवानपुरका हुन् ।

उनीहरु सबै जना हिजो दिउसो मात्र किनमेल गर्न रक्सौल गएर अपरान्ह फर्किएका हेल्थ डेस्क इन्चार्ज डाक्टर अनीषा महतोले जानकारी दिइन । हिजो संक्रमण पुष्टि भएका ८ मध्ये ६ जना नेपालीमा निजगढका एकजनासहित पर्साको वीरगन्ज महानगरका वडा नम्बर ३, पर्सागढी नगरपालिकाका १ जना र मकवानपुरको हेटौडा उपमहानगरपालिकाका १ जना रहेको डाक्टर महतोले बताए ।

उनीहरु सबै हिजो दिउसो किनमेल गर्न रक्सौल गएर घर फर्किएका मानिसहरु रहेको डाक्टर महतोले जानकारी दिए । यसअघि शनिवार पनि ४ सय जनाको परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएकोमा ४ जना मात्र भारतीय रहेको र बाँकी ९ जना भने नेपाली रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय