निजगढ वडा नम्बर ४ का वडा अध्यक्ष जयराम कुवरले वडा नंम्बर ४ भित्र रहेका गर्भवती र सुत्केरी महिलाको घरमै पुगेर पोषण तथा सरसफाई सामग्री बितरण गदै आमा र बच्चाको राम्रो स्वास्थयको लागी शुभकामना दिएका छन ।

वडा नम्बर ४ मा रहेको कछडिया टोल स्वास्थ्य चौकीको आयोजनामा भएको गर्भवती तथा सुत्केरी पोषण कार्यक्रम लिएर वडा अध्यक्ष कुवर गर्भवती र सुत्केरी महिलाको घरघरमै पुगेका हुन ।

वडाले शुरु गरेको गर्भवती तथा सुत्केरी पोषण कार्यक्रम प्रभावकारी भएको छ । यो कार्यक्रमबाट हालसम्म दुई दर्जन सुत्केरीले पोषणअन्तर्गत पाउने सेवा सुविधा लिएको बताईएको छ । वडाका स्वास्थ्यकर्मी सहितको टोली सुत्केरी भएका तथा सुत्केरी हुने महिलाको घर सम्म पुगेका हुन ।

वडा अध्यक्ष कुवरले भने, “सुत्केरी अवस्थामा अतिविपन्न परिवारका सुत्केरी महिलाले पोसिलो खाने कुरा खान नपाउँदा बच्चामा कुपोषण हुन्छ । त्यसैलाई रोक्नका लागि थोरै भए पनि सहयोग गरौं भन्ने उद्देश्यले यो कार्यक्रम शुरु गरका हौँ, अहिले यो अत्यन्त प्रभावकारी भइरहेको छ ।” उनले भने, अतिविपन्न परिवारलाई यो कार्यक्रमले राहत पुगेको छ । नाम लेखाइसकेकाहरुले अझै सुविधा लिन बाँकी छ ।”

वडाबाट शुरुमा घरघरमा स्वास्थ्य स्वयंसेवक महिला पठाएर गर्भवती अवस्थामा स्वास्थ्य परीक्षण गराउन अभिप्रेरित गदौ आउको छ ।

कार्यक्रमले गरिब तथा अतिविपन्न परिवारका महिलालाई राहत पुग्ने हुदाँ निजगढका १३ वटै वडामा लागू गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय