१४ मंसिर, चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका छन । मत गणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले सुरुदेखि ठूलो मतान्तरसहित नै अग्रता लिएका थिए ।

निर्वाचन समितिले दिएको पछिल्लो जानकारीअनुसार ओलीले १९०० मत पाउँदा अर्का प्रत्यासी भीम रावलले १९६ मत पाएका हुन ।

चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुन नसकेपछि मंगलबार बिहान विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो ।

एमाले चितवनकी अध्यक्ष पार्वती रावलका अनुसार २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय