लामो रस्साकस्सी र विवादपछि वडा अधिवेशन सम्पन्न गरेको निजगढ काग्रेस अब नगर अधिवेशनमा जुटेको छ । अधिवेशनले १ जना नगर सभापती, २÷२ जना उपसभापती, सचिव, सहसचिव र कोषाध्यक्षसहित ५१ सदस्यीय कार्य समति चयन गर्ने छ ।

वडा अधिवेशनबाट चुनिएका सभापतीसहित क्षेत्रीय प्रतिनिधिहरुले नगरमा पदाधिकारीको चयन गर्ने पार्टी सभापती महेशी कुवरले जानकारी दिए । वडामा जस्तै नगर कार्यसमितिको नेतृत्वमा चयनमा पनि काग्रेसभित्र संस्थापन र संस्थापन इतर पक्षबीच प्रतिस्पर्धा हुने भएको छ ।

पार्टी संस्थापन पक्षले हालका सभापति महेशी कुवरलाई र अर्को पक्षले नवराज तिमल्सिनालाई सभापती पदमा उठाउने तयारी गरेको छ । नगर सभापतिका दाबेदार कुवरलाई काग्रेश नेता शम्भुबहादुर बुढाथोकीको समर्थन देखिएको छ भने तिमल्सिनालाई निजगढ नगरपालिकाका मेयर सुरेश खनाल पक्षको समर्थन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय