कोल्हबीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा कोल्हबी न.पा.१ कोल्हबी टोल बस्ने २० वर्षीय सागर चौधरी र १९ वर्षीय सुशील चौधरीको मृत्यु भएको हो ।

राति साढे ८ बजे बारा कोल्हबी नगरपालिका-१ चौकमा कोल्हबीबाट श्रीपुरतर्फ जाँदै गरेको ना.४२प ८०२३ न.को मोटरसाइकल अनियन्त्रित भई बटौलिया स्वास्थ्य चौकी भवनमा ठोक्किएको थियो ।

दुर्घटनामा कोल्हबी न.पा.१ कोल्हबी टोल बस्ने २० वर्षीय सागर चौधरी, १९ वर्षीय सुशील चौधरी र कोल्हवी-९ बस्ने २० वर्षीय अशोक चौधरी गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि वीरगञ्जको नारायणी अस्पताल पठाइएको थियो ।

टाउकोमा गम्भीर चोट लागेका सागर र सुशीलको उपचारको क्रममा मृत्यु भएको र अशोकको उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख ट्राफिक प्रहरी निरिक्षक बिपिन ओझाले जानकारी दिए ।

शनिबार सवारी दुर्घटनाका घाईते कलैया उपमहानगरपालिका- ९ बस्ने ४५ वर्षीय रामबालक मण्डलको पनि मृत्यु भएको छ । नेशनल मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय