
नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विकासका गतिलाई जालझेल गरि रोक्न नहुने बताए । पार्टीका शुभचिन्तक, नेता र पत्रकारहरुले राखेका जिज्ञासाहरुलाई प्रष्ट पार्नु हुदै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा नैं बन्नेमा ढुक्क हुन उनले आग्रह गरे ।
आफु सरकारमा हुदा यस विमानस्थल निर्माणको कुरालाई जोडदार ढंगले उठाएको र कामको थालनी समेत भएको बताउदै उनले विभिन्न नाउ वा बाहानामा यस्ता राष्ट्रिय गौरवको आयोजनालाई विवादित बनाउन नहुने बताए । उनले मुलुकको विकासको गतिलाई दशकौं वर्ष पछि धकेल्न सक्ने भन्नु हुदै राष्ट्रपति कार्यालय परिसरमा निर्माण भएको हेलिप्याडको विरोध गर्दै भने भोली प्रधानन्याधिशले अदालत परिसरमा पनि हेलिप्याड बनाउनु पर्र्यो भनेर भने भने, के ? बनाई दिने त ? प्रति प्रश्न गर्दै उनले यस्ता कार्यको सबैले खुलेर विरोध गर्नु पर्ने समेत बताए ।
प्राविधिक टोलीको छनौटका कारण पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन उपयुक्त हुने निष्र्कषका साथ सरकारले विमानस्थल निर्माणका लागि चारकिल्ला घेर्ने, तटबन्ध गर्ने लगायतका कामको थालनी भई रहेपनि मुख्य काममा ढिलाई भई रहेको प्रति उनले चिन्ता जाहेर गरे । हामी आफ्नो तर्फबाट छिटो भन्दा छिटो विमानस्थल बनाउनु पर्छ भनेर लागि परि रहेका छौं । अब, यहा स्थानीयहरु पनि जागरुक हुनु पर्ने उनको भनाइ रहेको छ ।
ओली सरकारको पालामा यहा बन्नु पर्ने विमानस्थलका लागि बजेट समेत नपार्नुले ओली सरकारको विकास गर्ने नाटक पर्दाफास भएको बताउनु हुदै उनले पानी जहाज, रेलमार्गको कुरा उठाएर र जनताको बस्ती नैं उजाड बनाउन तर्फ अग्रसर भएको अध्यक्ष नेपालले आरोप लगाए ।
विदेशमा १ वर्षदेखि ३ वर्ष भित्र अन्तर्राष्ट्रिय स्तरका विमानस्थल निर्माण सम्पन्न हुने हाम्रो देशमा किन नहुने । पक्कै पनि यहा पनि निर्माण गर्न सकिन्छ । जसका लागि सकारात्मक चिन्तन, सोंच र भित्री ईच्छा हुनु पर्छ र त्यस्ता निर्माण कम्पनीलाई निर्माण गर्न दिईनु पर्दछ — उनले भने ।
कहा कसरी विकासका संरचना तयार गर्ने कुनै राजनीतिक दबावमा नपरी प्राविधिकहरुले उचित कार्य गर्न समेत आफ्नो सुझाव रहदै आई रहेको उनले बताए ।
यहा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र दु्रतमार्ग निर्माण भएपछि निजगढ र नेपालको मात्रै होईन । एशियासंगै विश्वभर नाउ फैलिने जसले गर्दा समग्र देशकै नाम रहने समेत बताए ।
केपी ओलीको दम्भ, घमण्डका कारण एमाले धरासायी हुदै गई रहेको भन्दै उनले ओलीको कार्य शैलीले कम्युनिष्टहरुलाई नैं बदनाम गरेकाले आफुहरुले विद्रोह गरि नया पार्टी निर्माण गरेको बताए । अध्यक्ष नेपालले देशभर यस पार्टी निर्माणले उत्साह थपिएको र कम्युनिष्ट भन्नेहरुले गौरव गर्न पाएको सुनाए ।
शहिद हिरालाल पार्कको थप विकासका लागि पहल गरि दिन भन्दै सो पार्क विकास समितिका अध्यक्ष रमेश अर्यालले अध्यक्ष नेपाललाई ज्ञापन पत्र समेत बुझाएका थिए । सो भेटघाट कार्यक्रममा नेकपा एस केन्द्रिय सचिव नागेन्द्र चौधरी, पोलोटब्यूरो सदस्य सरला यादव, केन्द्रिय सदस्य रामकुमार भट्टराई, केन्द्रिय सदस्य एंव बारा जिल्ला संयोजक छविलाल उप्रेती, नेता सुदर्शन बडाल, जगत बहादुर न्यौपाने, पवन विक, अनिल भण्डारी, भिमसेन सापकोटा, दिपक सापकोटा, खम बहादुर श्रेष्ठ, जीतलाल श्रेष्ठ लगायतको सहभागिता थियो ।