बाराको निजगढ नगरपालिका वडा नम्बर ७ घर भएका मनोज भारतीले पहिले चरणको लगडाउनमा कोरोना बिमा गराए । केही समयपछि कोरोना महामारी उनलाई समेत गस्त बनायो । कोरोनाबाट उनी बिस्तारै निको भए । निको भएको १ बर्षपछि उनले आफुले गरेको बीमा रकम प्राप्त गरे । रकम प्राप्त भएपछि भारतीलाई सो रकम आफ्नो निम्ती खर्च नगने निधो गरे ।

उनले सो प्राप्त रकममा कोही रकम थप गरेर गरिब बिद्यार्थीलाई पोसाक तथा ब्याग बितरण गर्ने सोचमा रहेकै बेला निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको श्री नेत्रोदय माध्यमिक विद्यालयमा करिब १०० जना छात्रछात्राहरु आर्थिक अभाबका कारण पोसाक लगाउन समेत मुस्किल रहेको भरतीले थाहा पाएपछि १०० जना भन्दा बढी बिद्यार्थीलाई पोसाक तथा ब्याग वितरण गरेका छन ।

उनी काठमाण्डैमा रहेको फिटवेल गार्मेन्टका संचालक समेत हुन । आफ्नै गार्मेन्टमा पोसाक तथा ब्याग निमार्ण गरेर बिद्यार्थीलाई करिब १ लाख ५० हजार बराबरको पोसाक तथा ब्याग वितरण गरेको भारतीले बताए । उनले गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि आगामी दिनमा समेत सहयोग गर्ने बताए ।

विद्यालयले भारतीलाई सहयोग गर्न आग्रह गरेको थियो

विद्यालयले विद्यालयमा अध्ययनरत रहेका कुल ३८० जना विद्यार्थीहरुबाट न्यून आय भएका असहाय, विपन्न, मजदूर परिवारका १०० भन्दा बढी विद्यार्थीहर छनोट गरेर भारतीलाई सहयोग गर्न आग्रह गरकेको विद्यालयका प्रधानाध्यापक एक बहादुर रस्तानी मगरले बताए ।

आमाले धन्यवाद भन्दा भाबुक भए भारती

कोरोना बीमा बापतको प्राप्त रकमबाट भारतीले बिद्यार्थीलाई पोसाक तथा ब्याग वितरण कार्याक्रममा समाजसेवी मनोज भारतीलाई उनकी आमा साबित्री भारतीले धन्यवाद भन्दा साबित्री भारतीका माईला छोरा मनोज भारती भाबुक भएका थिए । आमाको समाजसेवाबाट प्रेरणा पाएर आफुपनि समाजिक कार्यमा लागेको भातरीको भनाई थियो सो छोराको भनाईले आमालाई समेत निकै प्रभाब परेको साबित्री भारतीले बताईन । उनले छोरालाई पटक पटक धन्यवाद दिएकी थिईन ।

उदाहणीय कार्य गरेको उपमेयरको भनाई

गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी आफ्नो बीमा बापतबाट प्राप्त एक लाख रुपैयाँमा आफ्ने तर्फबाट केही रकम थप गरीे गृहस्थलकै १०० जना भन्दाँ बढी न्यून आय भएका असहाय, विपन्न, मजदूर परिवारका विद्याथीहरुका निम्ती कोरोना बीमाको रकम खर्च गरेर भारतीले उदाहणीय कार्य गरेको निजगढ नगरपालिकाकी उपप्रमुख लिला देवी लामाछाने खनालले बताईन् । उनले गरिब तथा जेहेन्दार विद्यार्थीलाई यस किसिमको सहयोगले अझ बढी अध्ययन गर्ने हौसला मिल्ने बताईन् ।

यसअघि भारतीले विभिन्न स्थानमा गरिव, असहाय र विपन्नहरुलाई सहयोग गर्दै आएका छन । गरिब तथा जेहेन्दार विद्यार्थीलाई यस किसिमको सहयोगले अझ बढी अध्ययन गर्ने हौसला मिल्ने बतार्ईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय