देश लोडसेडिीङ्ग मुक्त भनेपनि बाराको निजगढमा भने विद्युत नियमित नहुँदा उपभोक्ता समस्यामा परेका छन् । नेपाल विद्युत प्राधिकरण उपवितरण केन्द्र निजगढले पटकपटक विद्युत अनियमित हुँदा पनि वेवास्ता गरेको उपभोक्ताको गुनासो छ । विद्युत नियमित नहुँदा यहाँका उद्योगधन्दा, कलकारखानादेखि सरकारी कार्यालयमा आउने सेवाग्राही र संचार माध्यममा समेत प्रत्यक्ष असर परेको छ ।

बिना सूचना छिनछिनमा बत्ती जाने, बत्ती आए लगत्तै केही बेरमै झ्याप झ्याप फेरि कटने, कहिले घण्टौं बती नआउने र विद्युत आएको समयमा पनि अत्यन्त न्यून भोल्टेज हुँदा स्थानियवासी हैरान भएका छन् ।

देशमा खपतभन्दा बढी विद्युत उत्पादन भएको सरकारले दाबी गरेपनि निजगढमा अघोषित लोडसेडिङ्गको कारण आम उपभोक्ता मारमा रहेको राष्ट्रिय प्रजातान्त्र पार्टी निजगढका नगर अध्यक्ष खड्क प्रसाद उप्रेतीले बताए । उनले निजगढमा अघोषित रुपमा लोडसेडिङ्गहुदाँ सम्म निजगढ नगरपालिकाले समेत चासो नलिएको आरोप लगाए । नगरपालिकाले छिनछिनमा बत्ती जाने समस्या समाधान गर्न नगरपालिकालाई पहल गर्ने आग्रह समेत गरेका छन ।

यता नेपाल विद्युत प्राधिकरण उपवितरण केन्द्र निजगढका प्रमुख पुष्पेश्वर साहले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र चपुरबाट विद्युत अवरुद्ध भएका कारण समस्या आएको बताए । “निजगढका अधिकांश स्थानमा थोत्रा ट्रान्सफर्मर छन् । ट्रान्सफर्मरको क्षमताभन्दा उपभोत्ताको माग बढीहुँदा पनि यो समस्या बल्झि छ” प्रमुख साहले भने ।

यस बोहक जीर्ण संरचना र ओभरलोडका कारण विद्युत आपूर्तिमा समस्या आउने गरेको वितरण केन्द्रले जनाएको छ ।

निजगढमा जथाभाबी बिजुली काटिदा विद्यार्थी, बिरामी र किसानसमेत मार्कामा परेको र यसको कारण पत्ता लगाएर न्युनीकरणकोलागि तत्काल पहल गर्न प्राधिकरणले ध्यान दिनुपर्ने देखिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय