बागदेव दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडद्वारा टिकाका दिन समेत दूध सङ्कलन गर्ने भएको छ ।

यस अगि बागदेब दुग्ध उत्पादक सहकारि सस्था लि. निजगढ–६ अन्तर्गत रहेका १२ वटै दुग्ध सङ्कलन केन्द्रहरु माहानबमिको दिन बेलुका देखि एकादशिको दिन बिहान सम्मका लागि दुग्ध सङ्कलन बन्द गरेको सुचना सार्वजनिक गरिएको थियो ।

तर किसानहरुको समस्या माथि मध्यनजर गर्दै संस्थाले उक्त समयमा समेत दुग्ध सङ्कलन कार्य निजगढ–६ स्थित सस्थाको मुख्य कार्यलयमा रहेको दुग्ध सङ्कलन केन्द्रमा बिहान बेलुका नै हुने ब्यबस्था मिलाइएको बागदेव दुग्घ उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष थानेश्वर सापकोटाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय