खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका नेता उमाकान्त चौधरी सम्मिलित निजगढको एक कार्यक्रममा नेपाली कांग्रेसको संस्थापन पक्षका कार्यकर्ताहरुले बहिष्कार गरेका छन । विजयादशमी, शुभादिपावाली र छठ पर्वको अवशरमा नेपाली कांग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा कले बुधवार निजगढमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी सभापती एंव प्रधानमन्त्री शेरबहादुर पक्षधर कार्यकर्ताहरुले बहिष्कार गरेका हुन ।

क्षेत्र नम्बर १ प्रदेश सभा क सभापति रामकुमारी गोलेको अध्यक्षतामा हुनु पर्ने सो कार्यक्रम विधान विपरित बद्री प्रसाद भट्टको अध्यक्षमा गरिएकोले विरोध स्वरुप बहिष्कार गर्नु परेको कांग्रेस निजगढ नगर सभापति महेशी कुवरले जानकारी दिए । उनले विधान विपरित भट्टको अध्यक्षतमा कार्यक्रम गरिएकोले आफुलगायत संस्थापन पक्षका नेता कार्यकताहरु सहभागी नभएको बताए ।

कार्यक्रममा पार्टीका वरिष्ट नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौला समर्थक कार्यकर्ताहरुको मात्रै उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री चौधरीले राजधानी काठमाडौंका नागरीकहरुले उपभोग गर्ने मेलम्ची खानेपानी आफ्नो प्राथमिकता रहको बताए ।

निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले निजगढको चुरे र चुरे भावर क्षेत्रमा खानेपानीको जटिल समस्या रहेकोले मन्त्रालयबाट समस्या समाधानाको लागी योजना अघि बढाउन आग्रह गरे ।

कार्यक्रम बोल्दै कांग्रेसका नेता पेमासिद्धि लामाले बारा जिल्लाको खानेपानी समस्या पहिचान गरेर द्रुत गतीमा समस्या समाधान गर्नकोलागी मन्त्री चौधरीको ध्यानाकर्षण गराएका थियो ।

कार्यक्रममा नेपाली कांग्रेस बाराका नेता रामानन्द यादव, कांग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा ख का सभापति देवदत्त बछार, महाधिवेशन प्रतिनिधि माला लामा, रमाकान्त साहलगायत कांग्रेस बाराका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा परित्याग गरेका निजगढका विभिन्न वडाका युवाहरु नेपालि कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय