राष्ट्रिय युवा संघ नेपालद्वारा निजगढ नगरपालिका १० लालका २० जनालाई निःशुल्क पठनपाठनको बेवस्था गरेको छ । संघका केन्द्रिय सदस्यदय दिपिका शाह र ईराज कोईरालाले पठनपाठनमा सहयोग गर्न निःशुल्क दैनिक २ घण्टा अतिरिक्त कक्षा (टिउसन)को बेवस्था गरेको हो ।
लालका बिपन्न, गरिब, दुखी र असाहाय परिवारका बालबालिकाका निम्ति आफ्नो खर्च कटौती गरि पढ्न थप सहयोग गर्नका निम्ती टिउसन कक्षा सुरु गरेका हुन । जिविकोपार्जनका निम्ति दैनिकि ज्याला मजदुरीगरी गरि परिवारका बच्चालाई अतिरिक्त कक्षामा खर्च गर्न नसकिने भएको हुँदा एक वर्षका निम्ति निःशुल्क कक्षा सुरु गरिएको केन्द्रिय सदस्य दिपिका शाहले बताईन ।
बन्दाबन्दिका कारण बालबालिकाहरुको पढाईमा असर परेको र जिविकोपार्जनका लागि काम पनि नपाउदा छाक टार्नका लागि पनि समस्या रहेको हुदाँ कम्तिमा बालबालिकाहरुको पढाईमा थेरै भएपनि सहयोग हुने भएको हुदाँ संविधान दिवसको दिनबाट टिउसन सुरु गरिएको केन्द्रिय सदस्य ईराज कोईरालाले बताए ।
यस्ता विपन्न परिवारकालागि नगरपालिकाले गम्भीर भएर सोच्नु पर्ने देखिन्छ । अनेक थरि शिर्षकमा नगरपालिकाले रकम विनियोजन गरेको हुन्छ । विनियोजन रकम दुख पाएका नागरीकका लागि खर्च गर्न सके पनी स्थानियले सिहंदरवार गाउँमा आएको महसुस गर्न पाउनेछन यस्ता विषयमा नगरपालिकाले चासो राखे विपन्न परिवारमा खुसीको राहत हुने स्थानियको बुझाइ छ ।