
कमेडी च्याम्पियन दोश्रो सिजनको उपाधि भरतमणि पौडेलले जितेका छन् । थ्री प्रोडक्सन प्रा.लि.ले उत्पादन गरेको कमेडी रियालिटी सो कमेडी च्याम्पियन दोश्रो सिजनको आज भएको ‘ग्राण्ड फिनाले’मा उनले विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै बिजेता बनेका हुन्।
कमेडी रियालिटी शो कमेडी च्याम्पियनको दोश्रो सिजनमा भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापा फाइनलमा पुगेका थिए ।
विजेता पौडेलले २५ लाख नगद संगै कार पनि जितेका छन् । बिजेता पौडेललाई कमेडी च्याम्पियनले पुरस्कार प्रदान गरे ।
हास्यव्यङ्ग्यसँग सम्बन्धित कमेडी च्याम्पियन नेपालको पहिलो रियालिटि शो हो। कमेडी च्याम्पियनमा बरिष्ट हास्यकलाकार सन्तोष पन्त, हास्य अभिनेता मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई निर्णायक थिए ।
आज भएको ग्राण्ड फिनालेमा कमेडी च्याम्पियन पहिलो सिजनका बिजेता हिमेश पन्त र अपबिजेता सुमन कोइराला(दले दाई)को उपस्थिती रहेको थियो।
फाइनलमा अथितिको रुपमा वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) तथा दिनेश डिसीको उपस्थित थियो।
हास्य कलाकार हरिवंश आचार्यले पौडेल कमेडी च्याम्पियन भएको घोषणा गरे भने सेकेण्ड रनरअपको घोषणा मदनकृष्णले गरेका थिए ।