काठमाडौँ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबारै विश्वासको मत लिने भएका छन् ।

प्रदेशसभा सचिवालयले दिउँसो साढे दुई बजे कार्यसूची प्रकाशित गर्दै मुख्यमन्त्री केसीले विश्वासको मत लिने उल्लेख गरेको छ ।

केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रतिपक्ष भएको नेकपा एमालले दुई सदस्यलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

एमालेले सोमबार पनि सभामुख पूर्णबहादुर घर्तीलाई पत्र दिँदै कारबाही नभएसम्म बैठक अवरुद्ध गर्ने जानकारी दिएको थियो ।

प्रतिपक्षको निरन्तर अवरोधकैबीच बल प्रयोग गरेरै मुख्यमन्त्री केसीले विश्वासको मत लिने तयारीमा गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय