काठमाडाैं । काठमाडौं महानगरपालिकाले आज (भदौ १० गते) देखि कोरोना भाइरसविरुद्धको भेरोसेल खोप अभियान सञ्चालन गर्ने भएको छ।

बुधबार एक सूचना जारी गर्दै महानगरले भेरोसेल खोपको पहिलो मात्रा बिहीबार लगाइने र पहिलो मात्रा लगाएको २१ दिन पूरा भएकाहरुलाई भदौ ११ देखि १३ गतेसम्म दोस्रो मात्रा दिन लागिएको जनाएको छ।

महानगरपालिकाको ३२ वटै वडाबाट विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सकिनेछ। खोपको पहिलो मात्रा लगाउनको लागि आफ्नो परिचय खुल्ने कागजात सहित वडास्थित खोप केन्द्रमा जान महानगरले आग्रह गरेको छ। ​

पहिलो मात्राको खोप ४० वर्षभन्दा माथिका नागरिक,र १८ वर्ष पूरा गरेका कक्षा ११ /१२ मा अध्ययनरत विद्यार्थी र विश्वविद्यालय तहको परीक्षार्थीहरूलाई दिने भएको हो । परीक्षार्थीहरूले प्रवेश पत्रको आधारमा खोप पाउने व्यवस्था गरेको महानगरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय