निजगढ, राष्ट्रिय प्रजातन्त्र पार्टीको बारा जिल्ला अध्यक्षमा विनोद भारती चुनिनु भएको छ । कलैयाको एभरेष्ट होटलमा आज भएको सो पार्टीको छैठौं जिल्ला अधिवेशनले निजगढका युवा नेता भारतीको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
अधिवेशनबाट जिल्ला समितिको सदस्यमा बुद्धिप्रसाद पाण्डे, लक्ष्मी साह कलवार, महाविरप्रसाद यादव, जागेश्वर गिरी, होमबहादुर रखाल, रेशमबहादुर राउत, मेघबहादुर कार्की, शुशिलकुमार सिंह, खडगप्रसाद उप्रेती निर्वाचित भएका छन ।
त्यसैगरी सदस्यमा विश्वनाथ साह कानु, मन्जुर मिया मन्सुर, शम्भुप्रसाद चौधरी, सीतादेवी चौधरी, शिवप्रसाद तिमल्सिना, दिपा यादव, महन्थप्रसाद यादव, विश्वनाथ साह कानु, मुलचन पासवान, राजेशप्रसाद यादव, मणिकान्त चौधरी, सीता देवी चौधरीलगायत निर्वाचित भएको जिल्ला सदस्य खडग उप्रेतीले जानकारी दिनुभयो ।
यसअघि अधिवेशनको उद्धघाटन पार्टी केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्गदेलले गर्नुभएको थियो ।



