निजगढ,      भोटेकोशी बाढी पीडित परिवारको लागि निजगढस्थित विभिन्न संघसंस्था र समाजसेवी दाताहरुबाट आर्थिक सहयोग गर्ने क्रम जारी रहेको छ ।

पछिल्लो पटक आज निजगढ ६ स्थित श्रीकृष्ण प्रणामी मन्दिर सडकटोल, निजगढ ३ माथिल्लो सिमलचौर स्वास्थ्य आमा समूह, मेचीमहाकाली बुहारी संयुक्त आवाज निजगढलगायत विभिन्न संस्था र दाताहरुले बाढी पीडितलाई आर्थिक सहयोग गरेका हुन ।

विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारमा राहत, उद्धार र पुर्नस्थापनाको लागि सडकटोलस्थित कृष्ण प्रणामी मन्दिरले ५१ हजार रुपैया सहयोग गरेको मन्दिर संचालक समितिका सचिव प्रकाश सापकोटाले जानकारी दिनुभयो । आर्थिक सहयोगसंगै मन्दिर परिवारले बाढीबाट ज्यान गुमाएका मृत आत्माको चिरशान्तिको कामना गर्दै मन्दिर परिसरमा १०८ दीप प्रज्वलन समेत गरिएको सचिव सापकोटाले जानकारी दिनुभयो ।

मेचीमहाकाली बुहारी आवाजले प्रधानमन्त्री राहत कोषमा २५ हजार रुपैया सहयोग गरेको संस्थाकी अध्यक्ष चन्द्रिका पुलामी मगरले जानकारी दिनुभयो । उहाँका अनुसार समूहका सदस्यहरुबाट रकम संकलन गरेर कोषमा जम्मा गरिएको बताउनुभयो ।

त्यस्तै माथिल्लो सिमल चौरका महिलाहरुको आमा समूहले पनि बाढी पीडितको लागि १५ हजार रुपैया सहयोग गरेको छ । सो समूहले यस वर्षको तीज पर्वको सामूहिक दर खाने कार्यक्रम स्थगित गरेर त्यसबाट जोगिएको १५ हजार रुपैया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको समूहकी सदस्य सुनिता सापकोटाले जानकारी दिनुभयो ।

यसअघि हिजो रसुवा बाढी पीडितहरुको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा निजगढ ९ का समाजसेवी एंव होली एन्जल्स इङ्गलिस बोडिङ्ग स्कुलका संस्थापक नारायणप्रसाद उप्रेतीले विद्यालयको तर्फबाट बाढी पीडितको राहत, उद्धार र व्यवस्थापनको लागि १ लाख ५ हजार रुपैया सहयोग गर्नुभएको थियो । उहाँले ग्लोबल आइएमी बैंङ्कमार्फत दैवी प्रकोप उद्धार तथा राहत कोषमा सो रकम जम्मा गर्नुभएको हो ।

त्यसैगरी यसअघि निजगढ ९ का युवा समाजसेवी मणिश्वर घिमिरे नेतृत्वको जी टेन समूहले ६६ हजार ७२५ रुपैया, निजगढ ८ का व्यवसायी गोपालकाजी श्रेष्ठले ५५ हजार र निजगढ नगरपालिकाका पूर्व मेयर सुरेश खनालले पनि २५ हजार आर्थिक सहयोग गर्नुभएको थियो ।

यस्तै लायन्स क्लब अफ निजगढ युथले ४७ हजार २६६ रुपैया र लायन्स क्लब अफ निजगढ सिटीले पनि २५ हजार रुपैया राहत कोषमा जम्मा गरेको छ । लायन्स क्लब अफ निजगढ युथका चार्टर प्रेसिडेन्ट इराज कोइरालाले विपद्को समयमा सबैले आ–आफ्नो क्षमता र सामथ्र्यअनुसार सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय