रौतहट । लगातारको साउने झरीसँगै वागमती नदीमा आएको बाढीबाट रौतहटको गढीमाई नगरपालिका वडा नं.३ स्थित खेती योग्य जमिनलाई वागमती नदीले तिव्र रुपमा कटान गरिरहेकाे छ । गढीमाई नगरपालिकाको लक्ष्मिपुर स्थित वागमती नदीले पचासौं विगहा जग्गामा लगाइएको धान र केरा बाली भएको जग्गा तिव्र रुपमा कटान गरेकाे हाे ।

नदि कटानका कारण बाेटमा फलेकाे केरा नष्ट भईरहँदा स्थानीय किसानहरु चिन्तीत बनेका छन् ।  उता स्थानीय रहमान अन्सारी विहानैं खेतमा जाँदा १० कठ्ठामा लगाएको केरा खेती भएको जग्गा वागमतीले रातारात कटान गरिसकेको बताउँदै धेरै पुर्वमा रहेको वागमती नदीले तिव्र रुपमा भईरहेको कटानबाट पचासौं विगहा जग्गामा लगाईएको केरा र धान बाली नदीले कटान गरेर नष्ट सकेको गुनाँसो गरे ।

कटान नियन्त्रण गर्न सम्बन्धित निकाय उदाशिन रहँदा आँफूहरुको बाली वागमतीले कटान गरी बगाएकाे बताए । अधिकाँश किसानहरु वर्ष भरीको लागि जोहो गर्ने सम्पत्ती बागमती नदीले कटान गर्दा परिवारको हातमुख जोड्न निकै गाह्रो भएकाे चिन्ता व्यक्त गर्दै कोरोनाको मार खेप्नु परेका किसानहरुलाई अर्को आफत वागमती नदीले सृजना गरेको गुनाँसो गरे ।

कटान कार्य तिव्र रहेकै कारण पश्चिमी बाँधको पाँच मिटर नजिक नदी पुगिसकेको हुँदा बाँध कटान हुँने सम्भावना बढेर गएको पिडितहरुले बताए । यता राैतहटका सहायक प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले वागमती नदी कटान सम्बन्धमा स्थानीय बासिन्दाहरु मार्फत जिल्ला प्रशासन कार्यालयलाई जानकारी प्राप्त हुँना साथ वागमती तथा लाल बकैया नदी नियन्त्रण योजनाको प्रमुखलाई तत्काल नियन्त्रणको कार्य थालनी गर्न निर्देशन दिइसकेको बताए ।

सम्बन्धित स्थानीय तहलाई पनि नियन्त्रणको कार्यमा सकारात्मक भुमिका निर्वाह गरी बाँधलाई संरक्षण गर्दै स्थानीयहरुको जग्गालाई सुरक्षित राख्न समेत आग्रह गरिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय