जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा तेस्रो भेट्रान कप २०७८ आजदेखि शुरु भएको छ ।

कोशेली युथ क्लबको आयोजनामा आजदेखि प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमकाबिच राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव युवराज लामाले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै पुर्व सदस्य सचिव लामाले खेल क्षेत्रको प्रवद्र्धन र विकासको निम्ति सबै लाग्नुपर्ने बताए । स्थानीय स्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले खेल क्षेत्रसंगै पर्यटन प्रवद्र्धनमा पनि ठुलो भुमिका खेल्ने उनको भनाइ रहेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य शोभा कार्की, युवा संघका केन्द्रिय सदस्य गणेश रिजाल, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जगन्नाथ घिमिरे, वडा नम्बर २ का वडा सदस्यहरु रामचन्द्र अधिकारी, चिनिमाया परियार, नाटा प्रदेश नम्बर २ का अध्यक्ष मोहन शर्मा, राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सत्य श्रेष्ठ, समाजसेवी रबिन्द्र खकुरेल, सिमरा फाउण्डेशन सिमराका अध्यक्ष आरिफ हुसेन, वडा नम्बर ३ का वडा सचिव अनिल बिश्वकर्मा, युवा व्यवसायी उमेश चौलागाई लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिता मुल आयोजक समारोह समितिका संयोजक सोमलाल बोम्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशेली युथ क्लबका अध्यक्ष बिशाल घिमिरेले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ आजदेखि शुरु भएको फुटबल प्रतियोगिता असोज ९ गतेसम्म सञ्चालन हुनेछ ।

हुलास अगाडी रहेको गैरी खेल मैदानमा शुर भएको प्रतियोगितामा २० वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद ५० हजार र उप बिजेताले नगद ३० हजार रुपैया पाउनेछ ।

प्रतियोगितामा सिमरा भेट्रान सिमरा, चपुर भेट्रन चपुर, विरगञ्ज युथ एकेडेमी भेट्रान विरगञ्ज, फेन्डसिप भेट्रान हेटौडा, पश्चिम चितवन भेट्रान चितवन, नागसोती भेट्रान हेटौडा, अभिषेक चर्च भेट्रान नवलपरासी, बौद्ध भेट्रान काठमाण्डौ, फ्रेन्डसक्लब भेट्रान काठमाण्डौ, विराटनगर भेट्रान विराटनगर, एफ.सि काल भैरव हेटौडा, भेट्रान सिटि भेट्रान विरगञ्ज, विरगञ्ज सिटि भेट्रान विरगञ्ज, बागमती भेट्रान बागमती, कोल्हवी भेट्रान कोल्हवी, बकुलिया भेट्रान बकुलिया, चाबेल भेट्रान काठमाण्डौ, चितवन भेट्रान चितवन, जैतापुर भेट्रान जैतापुर र आयोजक हुलास फुटबल क्लबले सहभागिता जनाउने संयोजक सोमलाल बोम्जनले जानकारी दिए ।

प्रतियोगिताको प्रायोजकमा आर.एन ईन्टरप्राईजेज सिमरा र सह प्रायोजकमा यु आर गोल्ड प्रिमियम मसला चिया रहेको प्रतियोगिता मुल समितिका सचिव सुरज लामाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय