बढ्दो सवारीसाधनको चापसँगै बारामा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सवारीसाधनको बढ्दो चापसँगै विगत लामो समययता फराकिलो बन्न नसकेका सडक तथा पुलका कारण समस्या बढेको हो । 

पूर्वपश्चिम राजमार्ग मुलुकको यातायात मेरुदण्ड मानिन्छ, दिनहुँ हजारौं यातायात गुड्छन् । मुलुकको विकासको आधार बनेको यस राजमार्गअन्तर्गत विभिन्न ठाउँका पुल अहिले सागुरो र जीर्ण भएका छन । पुल सागुरो भएकै कारण घण्टौउ जाम हुने गरेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बारामा मात्रै साना तथा ठुला गरेर एक दर्जन बडी पुल छन । अधिकासं पुल सागुरो, जीर्ण भएर जाम बढिरहेको छ ।

अ‍ैसत पुलको आयु ५० देखि ६० बर्षको हुने बताईन्छ तर बारामा निमार्ण गरेको पुलहरु करिब ७० बर्ष भन्दा पुराना छन । पुल सागुरो र जीर्ण भएको बर्षैं भईसकेको भएतापनि सरकारले नयाँ पुल निमार्णमा कुनै चासो दिएको पाईदैन जसका कारण पुल जीर्ण बन्ने, भाँचिने खतरा बढी रहेको छ ।

सरकारले चर्को सबारी कर लिने गरेको भएतापनि सडक निमार्णमा चासो नदिएकै कारण मयाद सकिएको पुलमा जिबननै दाउमा राखि सवारी चलाउन बाध्य भएको सवारी चालकको गुनासो रहेको छ । पुल सागुरो र जीर्ण भएको कारण जाममा बस्न बाध्य भएकाको सबारी साधन चालकको भनाई रहेको छ ।

राजमार्गमा धेरै यस्ता पुल सागुरो छन जसका कारणले यात्रु तथा चालकले लामो समयदेखि सास्ती खेप्नुपर्ने बाध्यता रहेको र पुलकै कारण ट्राफिक जाम समेत हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराको भनाई छ । जिल्ला ट्रिफिक कार्यलय बाराको अधिकासं समय बाराका पुलमा रहेका सबारी साधनलाई व्यवस्थापन गर्नेमा खपत हुने गरेको पाईएको छ ।

बारामा रहेको पुलहरुमा सवारी चाप दैनिक बढिरहेको र सागुरा पुलहरुका कारण जाम भएको कारण अधिकासं ट्राफिक प्रहरी त्यहीँ जाम न्युनिकरणका लिगि खटाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक बिपिन ओझाले बताए । उनले नयाँ पुल निमार्ण नभएसम्म यो समस्या हल नहुने बताए ।

हाल सवारी साधन निर्वाद संचालनमा रहेपनि संभावित दुर्घटनाको भय हुँन थालेको छ । मुख्य नाकाको रुपमा रहेको यी पुल यदि समय छँदैे नयाँ निमार्ण नगर्ने हो भने देश भर चल्ने सम्पूर्ण यातायात सेवा लामो समय सम्म प्रभाबित हुँने स्थिति देखिन्छ ।

बारामा रहेका पुलहरुमा हरेक प्रकृतीका सवारी साधनहरु गुड्ने पुल यदि समयै नयाँ बनाउन तर्फ ध्यान नदिने हो भने एक दिन ठुलै दुर्घटना निम्तिने निश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय