निजगढ नगरपालिका वडा नम्बर ५ स्थित सार्वजनिक माध्यमिक विद्यालय बागदेवले प्रविधिमैत्री शिक्षण सिकाइ क्रियालाप संचान गर्न विद्यालयका शिक्षकहरुलाई ल्यापटप प्रदान गरेको छ ।
प्रदेश नम्बर २ सरकारले प्राविधिकधारका विद्यालयहरुको लागि उपलब्ध गराएको अनुदान सहयोग रकमबाट उपलब्ध गराइएको ल्यापटप हिजो एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतम र वडा नम्बर ५ का वडा अध्यक्ष थलप्रसाद गौतमले २१ जना शिक्षकहरुलाई डेल कम्पनीको एक÷एकथान ब्राण्डेड ल्यापटप हस्तान्तरण गर्नुभएको थियो ।
विद्यालयका २८ जना शिक्षकहरु मध्ये थप ७ जनालाई भने अर्को चरणमा वितरण गरिने विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामाले बताए । विद्यार्थीहरुमा प्रविधिमैत्री शिक्षण सिकाई क्रियाकलाप संचालन गर्ने उद्देश्यले शिक्षकहरुलाई ल्यापटप वितरण गरिएको प्रधानाध्यापक हस्तबहादुर लामाले बताए ।
समितिका अध्यक्ष गौतमको अध्यक्षतामा विद्यालयको कार्यालयमा भएको ल्यापटप हस्तान्तरण कार्यक्रममा व्यवस्थापन समितिका सदस्यहरु चुडाबहादुर आचार्य, कैलाश खडका, विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।