बाराको निजगढ नगरपालिकामा बिहिबार नेवाः गुठी खलः गठन भएको छ । नेवाः गुठी खलको प्रथम भेलाले सर्वसहमतबाट कार्य समिति चयन गरेको हो ।
भेलाले २१ सदस्य कार्य समिति, ३ सदस्य लेखा समिति, ४ संरक्षक सदस्य र ३ सल्लाहकार सदस्य सर्वसहमतबाट पारित गरेको हो । नेवाः गुठी खलको अध्यक्षमा शिव श्रेष्ठ, उपाध्यक्षमा उत्तर धोज श्रेष्ठ, घनश्याम श्रेष्ठ र शिवराम श्रेष्ठ रहेका छन भने सचिवमा राजन श्रेष्ठ, सहसचिवमा अजय श्रेष्ठ, कोषाध्यक्षमा गिता श्रेष्ठ, सह कोषाध्यक्षमा पुण्येक्ष्वरी श्रेष्ठ, सदस्यमा सर्वन श्रेष्ठ, पवन श्रेष्ठ, रोशन खड्की, दिपक श्रेष्ठ, काजिलाल श्रेष्ठ, श्याम श्रेष्ठ, दिनेश श्रेष्ठ, हिरा श्रेष्ठ र सबिना श्रेष्ठ रहेका छन ।
यस्तै लेखा समितिमा सम्योजकमा भाईकाजी श्रेष्ठ, सहसम्योजकमा हेमलाल श्रेष्ठ र सदस्यमा अशु श्रेष्ठ रहेका छन भन् संरक्षक सदस्यमा गणेश राज भण्डारी, बिदुरलाल श्रेष्ठ, दिप साही र बुद्घिमान श्रेष्ठ रहेका छन । खलको सल्लाहकारमा नारायण श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र दुर्गा श्रेष्ठ रहेका छन ।
कार्यक्रम दुई सत्रमा सम्पन्न भएको थियो । खुल्ला सत्रको कार्यक्रमको अध्यक्षता शिव श्रेष्ठले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेबि लामिछाने खनाल रहेकी थिईन । विशिष्ट अतिथिमा बारा नेवा गुठी खलका अध्यक्ष रामदास धोजु र मकवानपुर नेवा गुठी खलका अध्यक्ष अनिल खड्का रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रमुख लामिछानेले निजगढमा रहेका सबै नेबार समुदायलाई एक जुट गराउने प्रयासका निम्ती नेवाः गुठी खलको प्रथम भेलाले चयनगर्ने समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेकी थिईन । उपप्रमुख लामिछाने नेवार समुदायको भाषा र संस्कृति अफुलाई प्रिय लाग्ने बताईन । उनले भाषा, संस्कृति र पराम्पराको छुट्टै पहिचान रहेको हुदाँ नेवार समुदायमा पुस्ता हस्तान्तरणको कमिका कारण हराउदै गएको नेवारी पराम्परा बचाउन समेत नेवाः गुठी खल निजगढले ठुलो महत्व राख्ने बताईन ।
यस्तै कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष जयराम कुवर, वडा नम्बर ६ का वडा अध्यक्ष कुश बहादुर थापा, वडा नम्बर ८ का वडा अध्यक्ष टेक बहादुर लामा, राप्रपा नेपालका नगर अध्यक्ष खड्क प्रसाद उप्रेती, नेपाली कांग्रेसका नगर अध्यक्ष महेशी कुवर, पुर्ब गाबिस अध्यक्ष एक बहादुर श्रेष्ठ लगाएतले शुभकामना व्यक्त गरेको थिए ।