चलचित्र बिकास बोर्डका केन्द्रीय सदस्य तथा नेपाल सांस्कृतिक संघ बाराका सभापति भाईकाजी श्रेष्ठले स्वास्थ्य सामाग्री वितरण गरेका छन। चलचित्र बिकास बोर्डका केन्द्रीय सदस्य श्रेष्ठले निजगढ नगरपालिका वडा नम्बर १ र १० कार्यालयलाई कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणकालागि आवश्यक विभिन्न स्वास्थ्य सुरक्षा सामग्रीहरु वितरण गरेका हुन।

श्रेष्ठले दुईवटा वडालाई २ थान अक्सिजन कन्सनट्रेटर, २ हजार थान सर्जिकल मास्क, १ हजार थान एन ९५ मास्क, १०० थान फेस सिल्ड, २५० थान ह्याण्ड ग्लब्स, ६ थान अक्सिमिटर, २ थान थर्मोगन,१० थान थर्मोमिटर र गाउन वितरण गरेका हुन।

वडा नम्बर १ र वडा नम्बर १० को वडा कार्यालयमा कार्यक्रममा पुगी श्रेष्ठले सामाग्रीहरु वितरण गरिएका श्रेष्ठले जानकारी दिए। उनले कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागी आवश्यक सामाग्रीहरु वितरण गरिएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय