मौसमी परिवर्तनका कारण निजगढका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । निजगढ ९ स्थित प्राथमिक स्वाथ्य केन्द्र, निजगढका बिभिन मेडिकल र अस्पतालमा दैनिक आउने बिरामीमध्ये ६० प्रतिशतभन्दा बढी रुघाखोकी, टाइफाइड, निमोनियाका छन् ।

निजगढकामा दैनिक ५० भन्दा बढी त्यस्ता बिरामी उपचारका लागि आउने गरेकामा अधिकांश वृद्धवृद्धा बालबालिका रहेको प्राथमिक स्वास्थ्य केन्द्रका डा. प्रिन्स तिवारीले जानकारी दिए ।

कोरोना भाइरसको महामारीसँगै भाइरल ज्वरोको प्रकोप पनि फैलिँदै गएको र अघिल्लो वर्षको तुलनामा भाइरल ज्वरोका बिरामी धेरै बढेको उनको भनाइ थियो ।

सबै अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्दै गएकाले उपचारमा समेत समस्या भइरहेको बताइएको छ ।

उमङ मेडिकलका संचालक मणी घिमिरेका अनुसार विगतको तुलनामा केही दिन यता भइरल जरोका बिरामी बढ्न थालेको बताए । ज्वरो आउने, टाउको, घाँटी तथा हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने र कोखा हान्नेजस्ता लक्षणका बिरामी उपचारका लागि आउने गरेको जानकारी दिँदै उनले भने, ‘भाइरल ज्वरो एक प्रकारको भाइरसबाट सर्ने भएकाले यसबाट बच्न अनिवार्य मास्क प्रयोग गर्न र सरसफाइ तथा खाने कुरामा ध्यान दिनुपर्छ।’

घिमिरेले यस्ता बिरामीमा इन्फेक्सन भएमा स्वासप्रस्वासमा समस्या आउने, रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई झाडापखाला हुने र समयमै निको नभए निमोनिया पनि हुनसक्ने भएकाले उपचारमा ध्यान दिन र कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले सचेत हुन पनि सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय