प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले शुक्रबार बिहान ईलाका प्रहरी कार्यालय निजगढको निरिक्षण गरेका छन । मन्त्री साह पथलैयामा रहेको प्रदेश ट्राफिक कार्यालयमा रहेको एक कार्यक्रममा जाने क्रममा निजगढ प्रहरी कार्यालयमा आएका हुन ।

ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरिक्षक शंकर चैधरीले प्रहरी कार्यालयको सम्रचना पुरानो भएको र नयाँ भवन आवश्यक रहेको बताए । उनले प्रहरी जवानका निम्ती बारेक नभएकै कारण बाहिर कोठा भाडामा बस्न वाध्य रहेको समेत सुनाए । प्रहरी कार्यालयको क्षेत्र करिब २० किलो मिटर टाडा रहेको हुँदा सिंगोल, रतनपुर र निजगढ प्रहरी कार्यालयमा समेत आवश्यक अनुसारको सवारी साधन नभएको हुँदा समस्या हुँदै आएको मन्त्री साहलाई जानकारी दिए ।

प्रहरी कार्यालयको निरिक्षण पछी मन्त्री साहले तत्कालका निम्ती केही मोटरसाईकल उपलब्ध गराउने आश्वासन दिए । मन्त्री साहले यो आर्थिक बर्षमा मर्मतका निम्ती केही रकम दिने र अर्को अर्थिक बर्षमा भवन निर्माणको योजना रातो किताबमा समाबेश गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय