बारा जिल्ला लामो समयदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद थियो। बाराका कांग्रेस नेता तथा कार्यकर्ताले एक महिनादेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिइरहेका थिए।

बारा जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ को फेटा नगरपालिका ७, कलैया उपमहानगरको १४, जितपुर-सिमरा उपमहानगरको १४ र बाराको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को पचरौला नगरपालिका १, २, ६, ७, ८, ९ मा पुरानै क्रियाशीलबाट अधिवेशन हुने भएको छ।

बाराको सुवर्ण गाउँपालिका २, ३, ४, देवताल गाउँपालिका वडा नम्बर ४, महागढी नगरपालिका १, २, ४, ६, ७ र करैयामाई गाउँपालिका २, ५ को क्रियाशील सदस्यता १४ औं महाधिवेशनमा स्थगित गरी महाधिवेशनपछि प्रक्रिया पुर्‍याएर सदस्यता दिने सहमति भएको छ।

बाराको प्रतिनिधिसभा क्षेत्र नम्बर १ र ४ को नयाँ क्रियाशील सदस्यता १४ औं महाधिवेशनका लागि स्थगित गर्ने सहमति भएको छ।

साथै यी प्रतिनिधि सभा क्षेत्रका सबै वडाहरूमा १४ औं महाधिवेशन सकिएपछि प्रक्रिया पुर्‍याएर क्रियाशील सदस्यता दिने सहमति भएको हो। नवीकरणमा कुनै विवाद देखिएमा विगत महाधिवेशनको क्रियाशील सदस्य नामावलीको आधारमा दिने पनि सहमति भएको छ।

बाराको १६६ क्रियाशील फारमको नामावली १४ औं महाधिवेशनका लागि स्थगित गरिएको छ। उनीहरूलाई १४ औं महाधिवेशनपछि क्रियाशील दिने नेताहरूबीच सहमति छ।

नेताहरूबीच भएको सहमतिअनुसार निर्णय कार्यान्वयन गर्न केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिने निर्णय पनि भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय