निजगढ नगरपालिका वडा नम्बर ९ निवासी सफल युवा व्यावशायी एवम समाजसेवी अङ्कित खड्काले निजगढ नगरपालिका वडा नम्बर ६ स्थित श्री गौरीशंकर माध्यामिक विद्यालय सडकटोललाई कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य सामग्री सहयोग गरेका छन । खडकाले विद्यालयलाई हिजो माक्स, सेनेटाईजर, डस्टबिन र वाटर डिस्फेन्सर २ थानसहितका स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।

सोही कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ८ स्थित सिटि हस्पिटलको तर्फबाट समेत उपचारमा विद्यालयका विद्यार्थी तथा शिक्षक र कर्मचारीलाई विषेश छुट दिने सहमति पनि भएको छ ।

अस्पतालले विद्यालयको सिफारिसमा शिक्षक, विद्यार्थी र कर्मचारीको उपचार गराउदा बिशेष छुट दिने सहमति भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटाले दिए । कोरोनामा संक्रमण महामारीको बेला विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गर्ने खडका र उपचारमा छुट दिने अस्पताललाई पनि अध्यक्ष सापकोटाले धन्यवाद दिएका छन ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक यादवकुमार तिमल्सिनाले पनि सहयोगको निम्ति खडका र सिटी हस्पिटल परिवारलाई धन्यवाद ब्यतm गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय