सेवा गुणस्तरीय नहुँदा नेपाल टेलिकमको प्रयोग कर्ता घट्दै गएका छन् ।
सरकारले विभिन्न योजना र फोर जी, फाईव जीको घोषणा गरे पनि काम भने सो अनुरुप नहुँदा सेवा लिनेहरु नेपाल टेलिकम छाडेर निजी कम्पनीहरु तर्फ आकर्षित हुँदै गएका छन् । टेलिकम प्रयोग कर्ता भने घटदै गएका छन् ।
सरकार फाईभर टु द होम एफटिटिएच बिस्तार गर्ने भनी झण्डै पाँच वर्ष अघि ल्याएको योजना अहिले सम्म प्रदेश नं.२ मा १० प्रतिशत समेत बिस्तार हुँन सकेको छैन । नेपाल टेलिकम कार्यालय निजगढका कार्यालय प्रमुख जगतलाल चौधरीले प्रयोग कर्ता घट्दै गएको स्वीकार गर्दै निजगढ आफ्नों क्षेत्रमा शुरुमा कुल ५ सय १२ टेलिफोन फुल क्यापिसिटी बराबरको सञ्चालनमा भए पनि हाल ४ सय ६९ मा रहेको बताए ।
त्यसैगरी २ सय ५६ एडिएसल फुल क्यापिसिटीमा सञ्चालन हुँदै आएकोमा हाल करिब १ सय ५० मा झरेको पनि उनले जानकारी गराएका छन् ।
निजगढको बाग्देब जाने ठुलो जनसंख्या भएको क्षेत्रमा टेलिकमको तार हावाहुरीले झारेको झण्डै ७ वर्ष बितिसके पनि दुई दिन अघि टेलिकम कर्मचारीले उठाए पनि फाईबर तार जडान गर्न अझै कति वर्ष कुर्नु पर्ने हो ठेगान नभएको स्थानीय हरी अधिकारीले बताए । उनले भने अहिले एउटै घरमा दुई–तिन वटा ईन्टरनेट छन् , तर टेलिकमको नभए पछि निजी कम्पनीहरुले मनपरी रकम असुल्दै आएका छन् ।
त्यस्तै निजगढ सडकटोल देखि बाग्देब जाने बाक्लो बस्तीमा नेपाल टेलिकमको मोबाईलमा टावरै नहुँदा मानिसहरु बिस्तारै एनसेल तर्फ आकर्षित भएको उनले बताए ।
नेपाल टेलिकमका कर्मचारीको मिलोमतोमा समेत निजी ईन्टरनेट र एनसेलका प्रयोग कर्ता बढेको पो हो की ? हैन भने तार काटिएको ७ वर्ष सम्म किन टेलिकम आँखामा तेल हालेर बसेका छन् स्थानीय सुनील सापकोटाले बताए ।
नेपाल टेलिकमको क्षेत्रिय कार्यालयले बिगत १० वर्ष देखि राजमार्ग बिस्तारले तार र पोल पुनः हाल्नु पर्ने हुँने भएकोले पनि ढिलाई गरेको हुँन सक्ने एक कर्मचारीले बताए ।
यसो हो भने राजमार्ग बिस्तार कार्य अझै १० वर्ष लाग्न सक्छ नेपाल टेलिकमको यस्तो कार्यले टेलिकम घाटामा जान समय लाग्दैन उनले बताए ।
नेपाल टेलिकमका क्षेत्रिय कार्यालय बिरगंजका प्रमुख उमेश प्रसाद साहले आँफु आएको भर्खरै भए पनि फोर जी र फाईवर बिस्तारमा बिशेष रुपमा काम अघि बढाएको बताए ।
टेलिकमको क्षेत्र ठुलो भएकोले कप्पर बिस्तापित गरी पुर्ण फाईबर सञ्जाल बिस्तारमा काम अघि बढे पनि सार्वजनिक खरिद ऐन र सामग्री आई पुग्न ढिलाई भएकोले काममा केही ठिलाई भएको हुँन सक्ने भए पनि अब प्रदेशका आठ वटै जिल्लामा तिब्र रुपले काम अघि बढ्ने बताए । उनले फाईबर बिस्तार भएका क्षेत्रमा प्रयोग कर्ता बढेको समेत बताएका छन् ।