बनेपा नगरपालिकाले आमाबाबु विहिन बालबालिकाहरुलाई नि:शुुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको छ । आमाबाबु विहिन बालबालिकाहरुलाई बागमती प्रदेश सरकारले दिने रकममा थप गरी सहयोग उपलब्ध गराउने गर निशुल्क शिक्षा उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख लक्ष्मीनरसिं बादेले बताए ।

‘नगरले गत बर्ष देखि प्रदेशले प्रदान गरेको रकममा मासिक १ हजार थप गरी तीन हजार प्रदान शुरु गरिएको थियो’–नगर प्रमुख लक्ष्मीनरसिं बालेले भने – ‘चालु वर्ष देखि अभिभावक विहिन बालबालिकाहरुको शिक्षाको जिम्मेवारी स्थानीय सरकारले लिने निर्णय गरेका छौं ।’ स्थानीय सरकारको जिम्मेवारी अभिभावक नभएका बालिकालीकाहरुको अभिभावक बन्नु पनि भएकाले निशुल्क शिक्षा र समाजिक सुरक्षा प्रदान गरिएको उनले बताए ।

सामाजिक सुरक्षा वितरण कार्यक्रममा उपप्रमुख रेखा सापकोटा दाहालले नगरलाई सडक बालबालिका मुक्त शहर बनाउन लागिएको बताइन । आमाबाबु विहिन बालबालिकाको नगरपालिकाले अभिभावकीय भुमिका निभाउन लागेको उपप्रमुख सापकोटाले बताइन । नगरभित्र १५ जना आमा बाबु विहिन बालबालिकाहरु रहेको प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले बताए । आमाबाबु बिहिन बालबालिकाहरुलाई नगरले अभिभावकत्व पुरा गर्ने दायित्व रहेको प्रमुख प्रशासकिय अधिकृत उप्रेतीले भनाइ थियो ।

नगरले खानेपानी, शिक्षा, स्वास्थ्य, सडक लगाएतका भौतिक पुुर्वाधारहरु निर्माण गरि जनतालाई सेवा प्रदान गर्नु नगरको कर्तब्य र दायित्व भएको उप्रेतिले बताउनु भयो । कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, महिला तथा बालबालिका शाखा अधिकृत बिजया सुवेदी, महिला निरिक्षक निर्मला कार्की लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय