नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

कोटेश्वर खरिबोटस्थित माधवकुमार नेपाल निकट केन्द्रीय सदस्य पार्वती थापाको घरमा बिहान ९ बजेदेखि दाहाल–नेपाल वार्ता चलिरहेको हो। एमालेमा विवाद समाधान प्रयास जारी रहँदा प्रचण्डले दिन बिराएर नेता नेपाललाई भेट्दै आएका छन्। सत्ता गठबन्धनले एमालेको नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरिरहेको छ। माधव समूहले सरकारमा जाने नजाने निर्णय लिन नसक्दा मन्त्रिपरिषद् बिस्तार हुन सकेको छैन।

प्रचण्डले एमालेकाे माधव समूहलाई सरकारमा ल्याउने कसरत गरिरहेका छन् तर नेता नेपाल त्यसमा सहमत भैसकेका छैनन्। ओलीसँग भेटवार्ता इन्कार गर्दै आएका नेता नेपाल पछिल्लो समय वार्ताका लागि सहमत भएको दाबी नेताहरुले गरिरहेका थिए। नेपालले सोमबार आफूनिकट नेताहरुसँगको छलफलमा सम्मानजनक एकताका लागि तयार रहेको बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय