पूर्वपश्चिम राजमार्ग अन्तरगत बाराको पथलैया निजगढ सडक खण्डमा पर्ने पुलहरु जिर्ण हुँदा जोखिम बढेको छ । पसाह, बालगंगा र लालबकैया खोलाका पुलका पिच भत्कीएर ठुलठुला खाल्डा परेका छन् । जस्का कारण सवारीहरु घण्टौं जाममा सबेर एकतर्फी आवागमन गरिरहेका छन् ।
घण्टौं जाममा बसेर पनि जोखिम यूक्त पुलबाट सावारी पार गर्दा डर लाग्ने गरेको चालकहरुले बताउने गरेका छन् ।

पुलमाथी ठुल्ठुला खाल्डा छन् । थाहा छैन कुन दिन प्वाल परेर गाडी तल भर्ने हो, सिमेन्ट बोकर विराटनगर हिनेका ट्रक चालक उमेश थापाले सुनाउनु भयो ।

खाल्डा खुल्डीमा गाडी वचाएर पार गर्नु पर्ने अवस्था छ । पुलको अवस्था विग्रिएको लामो समय भयो । तरपनि मर्मत नहुँदा जोखिम बढेको अर्का चालक सुमन कार्कीले बताउनु भयो । एकतर्फ आवगनमका कारण एकघण्टादेखी पुलको छेउमा जाम परेको उनले सुनाउनु भयो ।

पुल जिर्ण हुँदा यातायात सेवा निकै प्रभावित बनेको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख एसपी हिमालय श्रेष्ठले बताउनु भयो । आवागमन सहजताका लागि चौविसै घण्टा प्रहरी सक्रिय रहेको वहाँको भनाई छ । घण्टौं जाममा हुने अवस्था छ । भत्कीएको पुुलमा कहिले काँही गाडी अड्कीएर झनै समस्या हुने गरेको छ ।

यस्तो अवस्थामा विरामी बोकेका एम्बुलेन्स समेत जाममा पर्ने गरेका छन् । जाममै परेका कारण विरामी समेतको मृत्यु समेत हुने गरेको सुन्नमा आएका छन्,श्रेष्ठले सुनाउनु भयो ।

पुलको अवस्था सुधारका लागि सडक विभाग लगायतका निकायमा पटकपटक अनुरोध गर्दा सुनवाई नभएको वहाँको भनाई छ । बाराका जिल्लाको लाल बकैया, पसाह, बालगंगा र रौतहट सर्लाही जोड्ने वागमती पुल जिर्ण बन्दा समस्या भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख एसपी श्रेष्ठले बताउनु भयो ।

जिर्ण पुलहरुको अवस्था तत्काल सुधार गरिदिन सडक विभागसँग कुरा गरेको र केही दिनमै मर्मतको काम गर्ने भनिएको बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडलले बताउनु भयो ।

सडक विभागको हेटौंडा कार्यालय प्रमुख खड्गलाल श्रेष्ठले जीर्ण पुलहरुको चाँडै मर्मत गरिने बताउनु भयो । पहिला राखिएको अलकत्रा उप्कीए खाल्डो बनेको हो । सवै उप्काएर पुनः निर्माण गर्न तत्काल सम्भव छैन । खाल्डो पर्दै जाँडा हामीले मर्मत गर्दै गयौं । सामान्य मर्मतका कारण खाल्डा बढ्दै गए श्रेष्ठले भन्नु भयो ।

पुल हल्लीरहने भएकाले पानी पर्दा अलकत्रा उप्कीयो । जस्ले समस्या हुदै गयो । यसपटक हामी नउप्कीने गरी इमोल्सन सहित अलकत्रा हालेर मर्मत गर्ने तयारी गरिरहेका छौं । ईमोल्सनको बजारमा अभाव भएका कारण ढिलो भएको श्रेष्ठले बताउनु भयो । दुईचार दिनपछि सडक विभागमा भएका आफ्ना मेशिन र जनशक्तिको सहयोगमा पुलको मर्मत गर्छौं वहाँले भन्नु भयो

२०२० साल अघि सोभियत संघले बनाई दिएका यी पुलहरुले ५० आयु पुरा गरेका छन् । सरकारले पूर्व पश्चिम राजमार्गमा चारलेनका पुल बनाउन अध्यायन गरिरहेको छ । संभवत दुईचार बर्षपछि काम सुरुहोला सडक विभाग हेटौंडाका प्रमुख श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय