लायन्स क्लब अफ निजगढ र लायन्स क्लब अफ निजगढ पिसको सयुक्त आयोजनामा शनिबार भएको वृक्षारोपण कार्यक्रम समापन भएको छ ।
उक्त कार्यक्रम निजगढ नगरपालिका वडा नम्बर ९ स्थित सहीद हिरालाल रंगशालाको परिसरमा लायन्स क्लब अफ निजगढका प्रेसिडेन्ट दीपेन्द्र श्रेष्ठ र लायन्स क्लब अफ निजगढ पिसका प्रेसिडेन्ट रन्जन लामिछानेले सयुक्त रुपमा वृक्षारोपण गरी कार्यक्रम सुरुवात गरेका थिए ।
यस्तै वडा नम्बर ९ स्थीत श्री गौरीशंकर क्याम्पस परिसर र वडा नम्बर ६ स्थित निर्माणधिन चिल्ड्रेन पार्कको परिसरमा वृक्षारोपण गरिएको थियो । क्लबले ३ स्थानमा गरी करीब २५० बिभिन जातका बिरुवा वृक्षारोपण गरेको लायन्स क्लब अफ निजगढका प्रेसिडेन्ट दीपेन्द्र श्रेष्ठले बताए । वृक्षारोपण कार्यक्रम लायन्स क्लबले बिभिन्न समयमा गर्दै आएको र त्यसैको निरन्तर्ता दिने क्रममा उपयुक्त स्थल पहिचान गरी यस पटक तीन स्थलमा वृक्षारोपण गरिएको लायन्स क्लब अफ निजगढ पिसका प्रेसिडेन्ट रन्जन लामिछाने बताए ।
क्लबले गत बर्ष सप्ताहाव्यापी वृक्षारोपण कार्यक्रम समेत गरेको थियो ।