बाराकाे निजगढ नगरपालिका वडा नं.४, वागदेव नजिकै निर्माणधिन शहिद हिरालाल पार्कमा पर्यटकिय आकर्षण बढाईएको छ । बाघको मुख बनाएर प्रवेशद्वार बनाईएको छ, भने सबै भन्दा माथी डाँडामा तीनतले भ्युटावर समेत बनाएर पार्कको सौंदर्य बढाईएको हो ।

पार्क परिषरमा देवीको मन्दिर, सहिद हिरालाल गौतमको शालिक, विवाह तथा पार्टी, भेला सेमिनार गर्न मिल्ने हल, किचेन बनाईका छन् ।
बढ्दै गरेका सालका विरुवा, उकाली ओरालीसँगै टावरबाट सिङ्गो बारा जिल्ला देख्न सकिने हुँदा यहाँको आकर्षण बढेको स्थानीय राम खड्काले बताए ।

बारासँगै पर्सा, रौतहट, सर्लाही लगायत विभिन्न स्थानबाट दैनिक १ सय ५० बढीको संख्यामा मानिसहरु आन्तरिक पर्यटकका रुपमा आउँने गरेका छन् । शनिवार र विदाको दिन यो संख्या अझ बढी हुँने गरेको छ । पार्क अवलोक गर्न कुँनै किसिमको शुल्क तिर्न पर्दैन ।

यस वर्षको निषेधाज्ञाका विचमा समेत पार्क घुम्न आन्तरिक पर्यटक आईरहेकाे यहाँ पार्क व्यवस्थापन समितिका अध्यक्ष रमेश अर्यालले बताए ।
यस वर्ष नेपाल सरकार पर्यटन मन्त्रालयको ५५ लाख, प्रदेश २ सरकारको ५ लाख र निजगढ नगरपालिकाको १० लाख रुपैंयाँ सहिँत ७० लाख रुपैंयाको आर्थिक सहयोगमा कामहरु भैरहेका छन् ।

उक्त रकमबाट पार्क भित्र सिमित क्षेत्रको कम्पाउण्ड वाल, शहिद हिरालाल गौतमको प्रतिमा क्षेत्र सुधार, सडक किनारमा नाला र सेमिनार हल सुधार तथा मर्मतको काम भैरहेको पार्क व्यवस्थापन समितिका अध्यक्ष अर्यालले बताए ।

वाघभैरव सामुदायिक वन समिति, डिभिजन वन कार्यालय, नेपाल सरकार र निजगढ नगरपालिका समेत यस क्षेत्रलाई जिल्ला कै गतिलो पर्यटकिय स्थलको रुपमा विकास गर्न लागि परेको उनकाे भनाई छ ।

“यहाँ धेरै गर्नु पर्ने छ, आकर्षण बढाउँन हामी यसको डिपिआर गर्ने तयारीमा छौं, त्यसका आधारमा सरकारसँगको थप सहकार्य जरुरी हुँन्छ । राज्यले लगानी बढायो भने यहाँको रौनक अझ धेरै बढाउँन सकिन्छ, त्यसका लागि हामी लागिरहेकाछौं ।” पार्क व्यवस्थापन समितिका सचिव अमरलाल सिंगतानले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय