काेभिड-१९ कोरोना भाईरसको तेश्रो भेरियेन्ट बढदै गए पछि बाराकाे निजगढ नगरपालिकाले भौत्तिक रुपमैं शुरु गरिएका बिद्यालयहरुलाई पुन: भौत्तिक उपस्थितिमा नैं पठन पाठन नगर्न निर्देशन दिएको छ । कोरोनाको दोश्रो भेरियन्टको प्रकोप निरन्तर रही रहेको र फेरी कोभिड संक्रमितहरुको संख्या क्रमश बढ्दै गएको हाे ।
नगरपालिकाका विद्यालयहरुमा बैकल्पिक सिकाईको माध्यममबाट पठन पाठन गर्न यस अघि देखि नैं निर्देशन भएको र भौत्तिक उपस्थितिबाट पठन पाठन गर्ने भन्ने कुँनै निर्णय नभएको सबैमा निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश कुमार खनालद्वारा जारी विज्ञप्तीमा जनाईएको छ ।
काेराेनाकाे उच्च जोखिम कायमै रहेको बिद्यमान अवस्थामा स्वास्थ्य मन्त्रालयले समेत जोखिम फैलँदै गएकोले सावधानी अपनाउँन अनुरोध गरेकाले भौत्तिक रुपमा सञ्चालनमा रहेका विद्यालयहरुलाई बैकल्पिक माध्यमबाट विद्यालय सञ्चालन गर्न निर्देशन भएको नगरप्रमुख खनालले जनाएका छन्।