बारा प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित १ नम्बर पुल नजिक जर्गा होटल अगाडीबाट हात्तीको दाह्रा सहिँत कारोबारमा सम्लग्न तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जिल्लाको निजगढ नगरपालिका–११ रतनपुर बस्ने ३४ वर्षीय सूर्य प्रताप तामाङ, ३५ वर्षीय दिलबहादुर घलान र मकवानपुरको हेटौंडा नगरपालिका–१३ पदमपोखरी बस्ने २२ वर्षीय सुवास तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट पथलैया तर्फ आउँदै गरेको ना.५०.प.१२२७ नं.को कालो रातो रङको २ सय २० सिसिको पल्सर मोटरसाईकल रोकी चेकजाँच गर्दा हात्तीको दाह्रा सहिँत उनिहरू पक्राउ परेका हुँन् ।

सो मोटरसाइकलको पछाडी सवार सुर्य प्रताप तामाङले पलाष्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा ३ फिट ८ ईन्च लामो, १ फिट गोलाई ८ किलो ४ सय ४० ग्राम वजन भएको हात्तीको दाह्रा फेला परेको हो ।

फेला परे पछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाईएको छ ।

यता हात्तीको दाह्रा सहिँत पक्राउ परेका तीनै जनालाई पर्सा राष्ट्रिय निकुञ्जमा राखेर सो बारे थप अनुशन्धान भईरहेको साहायक संरक्षण अधिकृत संतोष भगतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय