निजगढ नगरपालिकामा मातृभाषा शिक्षण (तामाङ भाषा) कार्यक्रम तथा स्थानीय पाठ्यक्रम प्रवलीकरण ५ दिने तालिम बुधबारबाट सुरु भएको छ । नगरपालिकाकी उपप्रमुख लिलादेबी लामिछानेले निजगढस्थित पार्टी प्यालेसमा एक कार्यक्रमबीच तालिमको उद्घाटन गरेका थिए ।

कार्यक्रमको आयोजना नेपाल तामाङ घेदुङ केन्द्रीय समिति र सहआयोजक निजगढ नगरपालिकाले गरेको हो । तालिम कार्यक्रम सन्चालन नेपाल तामाङ घेदुङ संघ बाराका पूर्वजिल्ला अध्यक्ष अमिर मोक्तानले गरेका थिए ।

कार्यक्रममा निजगढ नगरपालिकास्थित सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु स्थानीय राजनीतिक दलका कार्यकर्ता र समाजसेवीहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय